कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लाग"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस-माओवादी गठबन्धन देश टुक्राउने खेल: रावल

९ असार २०७४, शुक्रबार १३:१६

कमल रावल/असार ९, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलका नेताहरु मिली देशलाई टुक्राउने दाउमा लागेका आरोप लगाउनु भएको छ । 

प्रधानमन्त्रि शेर बहादुर देउवा मधेसी दलका नेता राम जनम चौधरीसंग गरेको कैलाली कञ्चनपुरलाई प्रदेश नं. ७ बाट टुक्राउने सहमती प्रति घोर आपत्ती जनाउनु भएको छ । पूर्व उपप्रधान तथा रक्षा मन्त्रि समेत रहनु भएका रावलले नेपालमा रहेका दर्जनौ उद्योग तथा कलकारखानाहरु कांग्रेसले बेचेर खाएको र अहिले नेपाली युवाहरु विभिन्न खाडी मुलुकमा गएर ४५/५० डिग्रीको तापक्रममा काम गर्न बाध्य रहेको र एमालेले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न विभिन्न कलकारखानाहरुको स्थापना गर्न पहल गरिरहेको पनि बताउनु भएको छ । 

साँफेबगर नगरपालिका वडा ८ बयलपाटाको चुनावी सभालाई सम्बोधन गर्दै नेता रावलले नेकपा एमाले नेतृत्वको सरकार भएको बेला चिन संगका नाकाहरु खोल्ने र पारबहान सम्झौता गरेको र देश टुक्रिन नदिन, देशको स्वाभिमान बचाउने पार्टी नेकपा एमाले मात्र रहेको र अब जनताहरुले पनि ऐक्यबद्धता तरिकाले नेकपा एमालेलाई भोट दिई विजय गराउन आग्रह गर्नु भयो । एक फरक प्रसंगमा नेता रावलले देशमा शान्ति खलबल्याउने स्थिती नल्याउन र टीकापुर जस्ता घटना दोहोर्याउन तर्फ अहिलेको सरकार लागेको आरोप लगाउनु भयो । 

कांग्रेस, माओवादी लगाएतका दलहरु अहिले सम्पूर्ण नेपाली जनताहरु नेकपा एमालेको पक्षमा भएकाले अताल्लिएका र भरतपुरमा अहिलेको गठबन्धन सरकारका कार्यकर्ताले जनताले दिएको मतपत्र च्यातेको र यसरी जनताको मतलाई पनि कदर गर्न नसक्ने पार्टीहरुले देशको भलो गर्न नसक्ने जिगिर गर्नु भयो । माओवादी अध्यक्ष प्रचण्डको सरकार र कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले बैशाख मै हुनु पर्ने स्थानीय तहको निर्वाचन सार्दा सार्दा अहिले देशका अधिकांश जिल्लामा रोपाई गर्ने बेला सारेर गलत  र किसानको हित विपरित गरेको आरोप लगाउनु भयो । 

चुनावी सभामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश नं. ७ संगठन कमिटी सदस्य शेर बहादुर कुवर, प्रदेश संगठन कमिटी सदस्य तथा साँफेबगर नगरपालिका मेयर पदका उम्मेदवार कुल बहादुर कुवर, प्रदेश अनुसन्धान विभाग सदस्य गोविन्द कुवर, जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, सिलोज कुवर, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगरपालिका उपमेयर पदका उम्मेदवार विर्मला बुडथापा, बालगिरी कुवर, शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुवर लगाएत पार्टीका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । निर्वाचन हुनञ्जेल सम्म उपाध्यक्ष रावलले जिल्लाका थुप्रै कार्यक्रमलाई सम्बोधन गर्नेछन । 

साथै मेयरपदका उम्मेद्धार कुल बहादुर कुवर लगाएतको नेतृत्वमा गएको टोलिले वडा नम्बर १० को रिडिकोट र सिद्धेश्वरमा घरदैलो कार्यक्रम गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो