लोकेन्द्र प्रशाद जोशी/असार १०, दार्चुला । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका नेपाल भारतका सीमानाका ७२ घण्टा बन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/असार १०, दार्चुला । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका नेपाल भारतका सीमानाका ७२ घण्टा बन्द"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा निर्वाचनका लागि नेपाल-भारतका सीमा ७२ घण्टा बन्द गरिने

२०७४, १० असार शनिबार ०२:२६


लोकेन्द्र प्रशाद जोशी/असार १०, दार्चुला । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका नेपाल भारतका सीमानाका ७२ घण्टा बन्द गरिने भएको छ । 

शुक्रबार दार्चुलामा भएको नेपाल भारतका अधिकारीहरुको संयुक्त सीमा सुरक्षा बैठकमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गर्ने सहमति भएको हो । नेपालका दार्चुला र बैतडी सँग सीमा जोडिएका भारतको उत्तराखण्ड जिल्ला अन्तरगतका सीमा नाका बन्द गर्ने सहमति भएको बैठक पछि बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडलले जानकारी गराउनुभयो । 

नेपालमा भइरहको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीन देशका अधिकारीहरुको बैठक बसेको हो । बैठकमा भारतको पिथौरागढ जिल्लाका डि.एम श्री रविशंकर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत तीनै देशका सुरक्षा अधिकारी, भन्सार कार्यालयका अधिकृत, लगायतको उपस्थिती रहेको थियो ।

बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीका बीचमा सूचना आदन प्रदान गर्ने समेत सहमति भएको पौडेलले बताउनुभयो । चुनावलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउन भारतले गर्न सक्ने सबै सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त भएको हो ।

सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराधलाई न्यूनीकरण गर्ने बिषयमा समेत छलफल भएको छ । सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी शिकारी, अवैध वस्तुको व्यापार, मानव वेचबिखन, अवैध शिकार, जाली नोट प्रचलनमा रोक, सीमा क्षेत्रमा आइएस आइको क्रियाकलाप निगरानी लगायतका विषयमा दुवै देशका सुरक्षा अधिकारीले सूचना आदान प्रदान गर्ने सहमति भएको छ । सूचना आदान प्रदानको लागि दुवै देशका अधिकारीहरुको सामाजिक सञ्जाल गु्रप, बनाउने सहमति भएको पौडेलले जानकारी दिनुभयो ।

यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुंगे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनहरुले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ । पूल निर्माणको लागि प्राविधिक दृष्टिकोणले तीनवटा पूलको आवश्यक कार्य अगाडि बढाउने सहमति भएको पिथौरागढका डिएम श्री रवि शंकरले जानकारी दिनुभयो । जसअनुसार बडुगाउ कालागाड, सोसा सुनसेरा, र गस्कु माल क्षेत्रमा झोलुंगे पूल निर्माणको लागि प्राविधिक रुपमा कार्य अगाडि बढाउने सहमति भएको शंकरले जानकारी दिनुभयो । 

बैठकमा भारतको तर्फबाट पिथौरागढ जिल्लाका डिएम श्री रवीशंकरको नेतृत्वमा धारचुलाका एस डिएम राज कुमार पाण्डे, तहशीलदार अद्र्धबी मल, ११ नम्बर बाहिनी एसएसबीका सेरीगा दोरजे, धारचुलाका थाना अध्यक्ष ध्यानसिह लगायतको सहभागिता रहेको थियो ।

यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइराला, दुर्गादल गुल्मका प्रमुख अर्जुन अधिकारी, नेपाल प्रहरीका डिएसपी केदार खनाल, सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र कवुर, राष्ट्यि अनुसन्धान अधिकृत बीरेन्द्र कार्की, नदी नियन्त्रण आयोजना प्रमुख सुशील चन्द्र देवकोटा, जिल्ला वन अधिकृत संजय तिवारी, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रामदिनेश चौधरी, लगायतको उपस्थिीत रहेको थियो भने बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, राष्ट्यि अनुसन्धान अधिकृत रमेश डागा लगायतको उपस्थिती थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै