असार १०, डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ ।
बिगत देखी राजनितिमा सक्रिय महताको स्था"/>

बिगत देखी राजनितिमा सक्रिय महताको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घर दैलो अभियानका क्रमका परशुराम नगरपालिका ११ जिमिरखाली पुगेका महताको एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी सिकिस्त भएका थिए ।
हिजो दिउँसो करीब २ बजे स्वास्थ्य समस्याका कारण सिकिस्त भएका महताको गाउँमा स्वास्थ्य चौकि नभए पछि उपचारका लागी बुडर लगिएको थियो । बुडरमा सामान्य उपचार पछि अलि सञ्चो भई जोगबुडा लगीएको र त्यहाँ अझै समस्या बल्झिए पछि जोगबुडा अस्पतालमा भर्ना गरी उपचार गर्दै गर्दा उपचारका क्रममा राती १ बजे निधन भएको उनका आफन्त मान बहादुर धामीले बताउनु भयो ।
४० वर्षका कर्तब्यनिष्ठ महताको निधनले सम्पुर्ण जोगबुडा क्षेत्र शोकमा डुबेको छ । आफ्ना एक कुशल नेताको निधनले भित्रि मधेसको राजनितिमा ठुलो क्षति पुगेको भन्दै नेकपा एमाले डडेल्धुराले दुःख व्यक्त गरेको छ । अन्य कारण भने खुल्न सकेको छैन् ।