१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

१२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने

५ कार्तिक २०८१, सोमबार १२:१०

काठमाडौँ | सफल नेपाली चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने भएको छ। चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरेपछि निर्माणपक्षले यसको दोस्रो संस्करण निर्माण गर्ने तयारी सुरु गरेको हो।

वितरक गोविन्द शाहीका अनुसार ‘१२ गाउँ’ले एक सातामै १० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ र अहिले पनि अधिकांश हलहरूमा १०० प्रतिशत अकुपेन्सीमा चलिरहेको छ। अष्टनारायण हलमा यो पहिलो पटक अबेर रातिको शो पनि फूल अकुपेन्सीमा चलेको उनले बताए।

“चलचित्रको सिक्वेलका लागि कथा पहिल्यै तयार थियो, तर अहिले थप काम भइरहेको छ,” शाहीले भने। उनले भनेअनुसार, निर्माणपक्षले चलचित्र ‘बलिदान’को काम सकिएपछि मात्रै ‘१२ गाउँ’को सिक्वेलको काम सुरु गर्नेछ।

‘बलिदान’ चलचित्रमा मुख्य भूमिकामा समीर भट्ट रहेका छन्, जसले ‘१२ गाउँ’मा पनि अभिनय गरेका थिए। त्यसैले ‘बलिदान’ पूरा भएपछि सिक्वेलको निर्माण र रिलिजको तयारी गरिने भएको हो।

‘१२ गाउँ’लाई चर्चित कलाकार बिराज भट्टले निर्देशन गरेका थिए, जहाँ बिराज र समीर भट्ट मुख्य भूमिकामा देखिएका थिए।

चलचित्रको पहिलो भागको क्लाइमेक्समा अनुसन्धान बाँकी नै रहेको देखाइएकोले सुरु मै निर्माणपक्षले सिक्वेलका लागि स्थान छोडेको प्रष्ट हुन्छ। यो रहस्यपूर्ण अन्त्यले दर्शकहरूमा दोस्रो भागप्रति उत्सुकता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार