2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्यास मेटाउने पानी देऊ, अनि पाउँछौ भोट’

असार १०, पाल्पा । रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ ।

यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन्। विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाईमा पुगेका छन्।

मतदाताले विगतका वर्षको निर्वाचनलाई सम्झिदै भन्छन् ‘हामीलाई झुट्टा आश्वासन चाहिएको छैन, गाउँलाई विशाल सहर बनाउन पनि जरुरी छैन, हामी गाउँका गरिब दुखी जनतालाई प्रलोभन नदेखाऊ, सक्छौ भने हामीलाई प्यास मेटाउने पानी देऊ, अनिमात्र पाउँछौ भोट ।’

मौलाथरका ७१ वर्षीय फत्तबहादुर थापाले भने,‘हामी झुपडीमा बस्ने गरिबलाई महलको सपना नदेखाऊ, विगतका निर्वाचनमा जस्तो यस पटकको झुट्टा आश्वासनमा नेपाली जनता भुल्ने छैनन्, कागजको खोस्टोमा झुट्टा कुरा कोरेर गाउँ नपस, गाउँमा पानी लिएर आएका छौ भने भोट पाउँछौ ।’

गाउँको खानेपानी सडक लगायतको सामान्य भौतिक पूर्वाधारको विकास गराइदिने राजनीतिक दलको समर्थनमा उनले विगतका निर्वाचनमा सहभागी भई भोट हाले तर निर्वाचन सकिएपछि कुनै पनि दलका नेता कार्यकर्ता र उम्मेदवारले गाउँ नफर्किएको उनले गुनासो गरे।

यस क्षेत्रका स्थानीयवासीको पहिलो माग भनेको नै प्यास लाग्दा पिउने पानीको रहेको छ, स्थानीयको एउटै आवाज र माग छन् – ‘पानी देऊ अनि मात्र भोट दिन्छौ’।

‘नेता निर्वाचनका बेला गाउँ पस्छन्, बाजे तपाईको सारा सपना पूरा गराइदिन्छौ, फलानो पार्टीमा भोट हाल भन्छन् ? निर्वाचन सकिएपछि नेतृत्वकर्ता सहरतिर बस्छन्, बाजेलाई लागेको तिर्खाको प्यास बाजेकै मनलाई थाहा होला हाम्रा नेतालाई अत्तोपत्तो हुँदेन’। थापाको दुःखेसो छ।

मौलाथरकै ६७ वर्षीय इन्द्रबहादुर थापा अवको नेतृत्वले गाउँको विकास गर्नेमा त्यति विश्वास गर्दैनन् । उनले पनि धेरै पटकका निर्वाचनमा खानेपानीको समस्या समाधान हुन्छ भन्ने आशाले भोट दिए।

‘नेता ज्युसँग खानेपानी देऊ, देऊ भन्दा बुढेसकाल लाग्यो, पानी दिनु त कहाँ हो कहाँ बाटोमा भेटेर बोलाउँदा नि चुनावपछि चिन्नै छाडे’

उनले विगतको इतिहासलाई सम्झिदै भने– “समयले कोल्टे फेर्यो,उमेर ढल्क्यो तर गाउँको सानातिना समस्या पार लाग्न सकेन।’

यहाँका स्थानीयवासीले दैनिक घन्टौ समय लगाएर खानेपानीको जोहो गर्दै आएका छन्। ३३ घरपरिवार बसोवास रहेको मौलाथरवासीले बाबुबाजेको पालादेखि नै हिउँदमा होस् या वर्षायाम बाह्रैमहिना दिनमा एक दुई घन्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउँदै आएको स्थानीय पदमबहादुर थापा बताउँछन्।

गाउँको धारादी, झर्लेङदी पंधेराबाट उनीहरु पानी भर्दै आएका छन् । ‘खडेरीयाम सुरु भएपछि कुवा, खोल्सीका पानी सुक्न थालेपछि पानी खोज्दै हिँड्दा दिनै बित्छ’,पम्फा आलेले भने– ‘पानीको खोजीमा हिँड्दा अन्य कामकाजमा पनि समस्या परेको छ।’

मौलाथरमा मात्र होइन साविक दर्छा गाविसको गैलुकलगायतका क्षेत्रका पनि खानेपानीको समस्या उस्तै छ। दुई हात जोडेर आफ्नो दलको निर्वाचन चिन्ह देखाउँदै भोट मागेका उम्मेदवारलाई ८३ वर्षीय भिमकुमारी मल्ल भन्छिन,‘पानी ल्याइदिए हुन्छ, भोटका लागि हात जोड्न पर्दैन’।

गैलुक क्षेत्रमा मात्र ४२ घरपरिवार बसोवास गर्दै आएकोे छ। गाउँमा जताततै खानेपानीको हाहाकार छ । खडेरीका बेला गाउँका पुराना कुवा, खोल्सीमा पानी खोज्नेको लर्को नै हुन्छ।

यहाँका मतदाताले दलगत नभई विकासप्रेमी विवेकशील उम्मेदवारलाई मतदान गर्ने पक्षमा रहेको गैलुकका स्थानीय रुद्र मल्ल बताउँछन्। निर्वाचन जितेपछि नेता सहरकेन्द्रित हुँदा पनि गाउँका समस्याले पार नपाएको उनले बताए। दर्छाकी राममाया राना भन्छिन्,‘विगतका निर्वाचनमा चाहिँदा नचाहिँदा आश्वासन धेरै पायाौँ तर यस पटक भने विकासप्रेमी नेतृत्वलाई मात्र मतदान गर्छौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई