2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले बागी उठ्नेलार्इ कारवाही गर्यो, को-को परे ?

असार १०, दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली काँग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ । 

निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्ला कार्यसमिति दाङले उनीहरुलाई नेपाली काँग्रेसको कुनै पनि पदीय दायित्व समाप्त हुनेगरी कारबाही गरेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति, दाङका संयोजक सुरेन्द्रराज पाण्डेले बताउनुभयो । 

साथै, उहाँले नेपाली काँग्रेसका सबै आधिकारिक उम्मेदवारलाई विजयी बनाउन अधिकतम परिचालित हुनसमेत जिल्ला कार्यसमितिलगायत सम्पूर्ण तहतप्काका काँग्रेसजनलाई आग्रह गर्नुभएको छ । 

पाण्डेको उपस्थितिमा जिल्ला कार्यसमितिले लमही नगरपालिकामा प्रमुखका बागी उम्मेदबार डिल्लीबहादुर खड्का, गढवा गाउँपालिका अध्यक्ष डिल्ली आचार्य, वडा नं ४ का वडाध्यक्षका उम्मेदबार भगवती आचार्य, सदस्य भोला हमाल, वडा नं ५ का सदस्य बझौनी चौधरीलाई कारबाही गरिएको छ । 

त्यसैगरी, लमही नगरपालिका–२ मा वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार गुरुदेव चौधरी, राजपुर वडा नं ४ का वडाध्यक्ष हिरालाल यादव, वडा नं ३ का सदस्य गयाप्रसाद यादवलाई पनि कारबाही गरिएको जिल्ला कार्यसमिति सचिव शङ्कर डाँगीले जानकारी दिनुभयो । 

त्यस्तै, शान्तिनगर गाउँपालिकामा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमन्त योगी, उपाध्यक्ष तारा वली र वडा नं २ मा वडाध्यक्ष बागी उम्मेदवारी दिने मेघराज वलीलाई समेत कारबाही गरिएको छ । 

त्यसैगरी, उनीहरुका प्रस्तावक र समर्थक वीरेन्द्रबहादुर डाँगी र मानबहादुर वलीलाई समेत कारबाही गरिएको नेपाली काँग्रेस दाङले जनाएको छ । बबई गाउँपालिकामा वडा नं ७ मा बागी उम्मेदवारी दिने महावीर चौधरीलाई पनि कारबाही गरिएको काँग्रेसले जनाएको छ । 

घोराही उपमहानगरपालिका–८ मा निमबहादुर खड्का, बबई नगरपालिका–७ मा सदस्य पदमा उम्मेदवारी दिने तेजबहादुर खत्री र अम्मर बुढालाई समेत कारबाही गरिएको नेपाली काँगेसले जनाएको छ । 

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–७ मा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने माधव लामिछाने, तुलसीपुर–३ मा उम्मेदवारी दिने मोहन गुरुङ र तुलसीपुर–१३ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सन्ध्या रिजाल र वडा सदस्य उम्मेदबार लोकेश्वरी अधिकारीलाई समेत कारबाही गरिएको नेपाली काँग्रेस दाङले जनाएको छ । 

साथै, दंगीशरण गाउँपालिका वडा नं ६ मा आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने काँग्रेस नेता बालाराम चौधरीलाई पनि कारबाही गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो