२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ?

८ कार्तिक २०८१, बिहीबार १३:०३
काठमाडौँ | विराज भट्टले निर्माण तथा निर्देशन गरेको एक्सन फिल्म ‘१२ गाउँ’ले कीर्तिमानी व्यापार यात्रामा अघि बढेको छ ।  दशैँको फूलपातिका दिन, असोज २४ मा रिलिज भएको यो चलचित्रले दर्शकको अभूतपूर्व साथ पाइरहेको छ। अहिले तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि हलहरूमा दर्शकको चाप घटेको छैन।
दशैँमा तीन प्रमुख नेपाली चलचित्र— ‘छक्कापञ्जा ५,’ ‘१२ गाउँ,’ र ‘ज्वाइँ साब’ एकसाथ रिलिज भएका थिए। यीमध्ये ‘छक्कापञ्जा ५’ ले सबैभन्दा धेरै शो पाए पनि ‘१२ गाउँ’ले दर्शकको क्रेजका कारण हलहरूमा आफ्नो शो संख्या बढाउँदै लगेको छ। प्रारम्भिक दिनहरूमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’बीचको व्यापारिक प्रतिस्पर्धा निकै नजिकको थियो। तर, पछिल्ला दिनहरूमा ‘१२ गाउँ’ले शो संख्या र आम्दानी दुवैमा अग्रता लिएको छ।
‘छक्कापञ्जा ५’ का निर्माता दीपकराज गिरीले आफ्नो चलचित्रले १५ करोड नजिक व्यापार गरेको दावी गरेका छन्। उनले फिल्मको शो संख्या नघटेको र दर्शकको चाप पनि यथावत् रहेको बताएका छन्। ‘छक्कापञ्जा ५’ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो, जसले गर्दा हलमा भएको आम्दानी चोखो मुनाफा हो।
यता, ‘१२ गाउँ’ले भने नेपाली फिल्ममा पहिले कहिल्यै नदेखिएको क्रेज पाएको छ। फिल्मको कथावस्तुलाई केही आलोचकहरूले दक्षिण भारतीय सिनेमाको नक्कल भन्दै नकारात्मक समीक्षा दिएका थिए, तर दर्शकले भने यो चलचित्रलाई व्यापक साथ दिएका छन्। वितरक गोविन्द शाहीका अनुसार, ‘१२ गाउँ’ले अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको छ, यद्यपि स्राेतका अनुसार  शाहीकाे दावीअनुसार नभए पनि चलचित्रले हिजाेसम्म १८ कराेड ८५ लाख रूपैया ग्रस कलेक्सन छ ।
यदि यो गति जारी रह्यो भने, ‘१२ गाउँ’ले नेपाली सिनेमामा सर्वाधिक कमाई गर्ने चलचित्रको कीर्तिमान राख्ने सम्भावना छ। हालसम्म सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्रको रेकर्ड ‘जारी’ ले राखेको छ, जसले २५ करोड रूपैयाँको लाइफटाइम बिजनेस गरेको थियो।
निर्माता शाहीले ‘१२ गाउँ’को दर्शक क्रेज नेपाली मात्र नभएर विदेशी चलचित्रहरूसँग तुलना गर्दा पनि विशेष रहेको बताएका छन्। उनले हलहरूमा फिल्मको अकुपेन्सी अहिले पनि फुल रहेको बताए। नेपालमा मात्र होइन, विदेशमा पनि ‘१२ गाउँ’को माग उच्च रहेको छ, यद्यपि अन्तर्राष्ट्रिय कमाइको आँकडा भने सार्वजनिक गरिएको छैन। चलचित्रमा विराज भट्ट र उनका छोरा समिर भट्टले मुख्य भूमिका निभाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट