2026-07-24 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे

काठमाडौँ | सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ फिरौती माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिनलाई मुम्बई प्रहरीको वर्ली शाखाले झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको छ। उनलाई आज ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको हो।

शेख हुसेन जमशेदपुरमा तरकारी विक्रेता हुन्। उनले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर सलमान खानसँग फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य भएको दाबी गर्दै ५ करोड भारतीय रुपैयाँ तिर्नुपर्ने धम्की दिएका थिए।

मुम्बई प्रहरीका अनुसार, धम्कीपूर्ण सन्देशमा शेखले लेखेका थिए, “यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।”

सलमान खानका निकट मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या गत १२ अक्टोबरमा भएको थियो, जसको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो। लरेन्स गिरोहले यसअघि पनि सलमानलाई मार्ने धम्की दिँदै आएको छ। बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षामा कडा निगरानी राखिएको छ।

प्रहरीले धम्की दिने व्यक्तिको खोजी गर्न तुरुन्त अनुसन्धान थालेको थियो। सोही क्रममा शेखले पुनः माफी माग्दै सन्देश पठाएका थिए। प्रहरीको टोलीले झारखण्डमा शेखको मोबाइल नम्बर पत्ता लगाएर उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक