१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे

८ कार्तिक २०८१, बिहीबार १३:१८

काठमाडौँ | सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ फिरौती माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिनलाई मुम्बई प्रहरीको वर्ली शाखाले झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको छ। उनलाई आज ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको हो।

शेख हुसेन जमशेदपुरमा तरकारी विक्रेता हुन्। उनले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर सलमान खानसँग फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य भएको दाबी गर्दै ५ करोड भारतीय रुपैयाँ तिर्नुपर्ने धम्की दिएका थिए।

मुम्बई प्रहरीका अनुसार, धम्कीपूर्ण सन्देशमा शेखले लेखेका थिए, “यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।”

सलमान खानका निकट मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या गत १२ अक्टोबरमा भएको थियो, जसको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो। लरेन्स गिरोहले यसअघि पनि सलमानलाई मार्ने धम्की दिँदै आएको छ। बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षामा कडा निगरानी राखिएको छ।

प्रहरीले धम्की दिने व्यक्तिको खोजी गर्न तुरुन्त अनुसन्धान थालेको थियो। सोही क्रममा शेखले पुनः माफी माग्दै सन्देश पठाएका थिए। प्रहरीको टोलीले झारखण्डमा शेखको मोबाइल नम्बर पत्ता लगाएर उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार