http://www.saligramkhabar.com/uploads/news/images/असार ११ ,पाल्पा । पाल्पाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://www.saligramkhabar.com/uploads/news/images/असार ११ ,पाल्पा । पाल्पाको"/>
२९ मंसिर २०८२, आईतवार
पर्बत - PBT

एमालेले बाड्न लागेको चामल र वियरको गाडी प्रहरी नियन्त्रणमा

११ असार २०७४, आईतवार ०६:५३

http://www.saligramkhabar.com/uploads/news/images/असार ११ ,पाल्पा । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं.को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो ।

एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट पत्ता लागेको छ ।  गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए । उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरले गाडी सहितका सामानहरु आफ्नो नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको जनाएको छ ।  नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले कार्यकर्ताहरु गएको गाडी र सामानहरु बाड्न लगिएको थियो की व्यक्तिगत प्रयोजनका लागि लगिएको थियो भन्ने बारेमा अनुसन्धनन भईरहेको बताए । तर गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमान्‌ले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको खाँणको दावी छ ।

गाडीमा भएका सामानहरु मध्य विल भएका भन्दा नभएका सामानहरु धेरै भएकाले पनि शंका गर्ने आधार भने रहेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए। रामपुर नगरपालिकामा मेयरका लागि एमालेका तर्फबाट राजु श्रेष्ठ उम्मेदवारीले उम्मेदबारी दिनु भएको छ भने काँग्रेसका तर्फबाट रमण थापा चुनावी मैदानमा छन् ।  

यसैगरी रामपुरकै वडा नं. १० मा मादक पदार्थ सहितको भोजभतेर भईरहेका बेला अनुगमनका लागि गएका गाँउलेहरुलाई एमाले कार्यकर्ताहरुले खुकुरी प्रहारगरी घाइते बनाएका छन् । पाल्पाको रामपुर नगरपालिका वडा नं. १० मा पर्ने कुमाल गाँउमा मतदाताहरुलाई प्रभावित पार्नेगरी केहीदिनदेखि भईरहेको भोजभतेर बारे जानकारी लिन जाँदा एमाले कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् ।

शनिबार राती १० बजेतिर एमालेका स्थानीय कार्यकर्ताहरु गोविन्द श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सोनबहादुर कुमाल लगायतका कार्यकर्ताहरुले स्थानीय श्रीकृष्ण भण्डारीलाई खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।  आक्रमण गर्नेवित्तिकै भण्डारीले खुकुरी खोसेपछि उनीहरु भागेको र अहिले सम्म पनि सम्पर्कमा नरहेको स्थानीयले बताएका छन् ।

घाइते भण्डारीको शरिरमा सामान्य चोट लागेको छ । उनलाई अहिले उपचार र प्रहरीमा उजुरी दिन रामपुर बजार पुगेका छन् ।  केही बर्ष बैदेशिक रोजगारीमा गएर गाँउ फर्किएका भण्डारी अहिले गाँउमै विभिन्न व्यवसाय गर्दै आएका छन् ।  

साविकको गेझा गाविस अहिलेको रामपुर नगरपालिका बडा नं. १०मा यसअघि एमालेले जितेको भएपनि गाँउको अवस्था जस्ताको तस्तै भएपछि अहिले पराजित हुनेभएपनि एमाले आत्तिएको छ । मतदातालाई प्रभावित पार्न एमाले कार्यकर्ताहरुले अनेक लोभ देखाउने, भ्रममा पार्ने र धम्की दिने गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली