असार ११, कञ्चनपुर | असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, कञ्चनपुर | असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सद"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विप्लव क्रान्तिकारीका नेता पक्राउ

११ असार २०७४, आईतवार ०८:१७

असार ११, कञ्चनपुर | असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णू प्रकास उपाध्यय पक्राउ परेका छन् । 

आज (आइतबार) बिहान नेपाली सेनाको अजुर्नी ब्यारेक सवारी साधन ईन्ट्री प्वाईन्टबाट उपाध्यय पक्राउ परेका हुन् । मोटरसाईकलमा सवार उपाध्ययलाई सेनाले नियन्त्रणमा लिएपछि झलारी प्रहरीलाई बुझाएका थिए । स्थानीय तह निर्वाचन बहिस्कारमा हिडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । निर्वाचनलाई मध्य नजर गर्दैै कञ्चनपुर प्रहरीले विप्लव कञ्चनपुरका सचिव अर्जुन दयाल, क्रान्तिकारीका नेता गौरब धामी, मनिस भट्टलाई यस अघि नै पक्राउ गरेको थियो । बन्दका क्र्ममा सवारी साधनमाथी तोडफोडका साथै चुनाव खारेजी बिरुद्ध हिडेको भन्दै विप्लवका कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ उपाध्ययको विषयमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । निर्वाचनलाई मध्य नजर गर्दै निर्वाचन बिरोधी गतिबिधी रोक्नका लागि प्रहरीले यस्ता व्यक्ति समुहलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख प्रकास बहादुर चन्दले बताए । निर्वाचन स्वछ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताए । विप्लवले बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो