भारतीय गाडीमा नेपाली पार्टीको झण्डा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारतीय गाडीमा नेपाली पार्टीको झण्डा
2026-09-19 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भारतीय गाडीमा नेपाली पार्टीको झण्डा

भारतीय गाडीमा नेपाली पार्टीको झण्डानेपालगञ्ज –बाँकेस्थित राजनीतिक दलले चुनाव प्रचारमा भारतीय गाडीको अधिक प्रयोग गरेका छन् । दलका नेता–कार्यकर्ता भारतीय नम्बर प्लेटका गाडीमा झण्डा फहराउँदै प्रचारमा सक्रिय छन्।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले गाडी प्रयोग गरेका छन् । स्रोतका अनुसार नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा मात्र दैनिक करिब सयको संख्यामा भारतीय गाडी नेपाली राजनीतिक दलका झण्डा फहराउँदै घरदैलोमा पुगिरहेका छन् । केही गाडी झण्डाबिनै प्रचारप्रसारमा प्रयोग भइरहेका छन्।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दनप्रसाद आचार्य भने निर्वाचनको समयमा दैनिक सरदर ५० को संख्यामा भारतीय गाडी नेपाल प्रवेश गर्ने गरेका बताउँछन् । यसरी नेपाल प्रवेश गर्ने गाडीले दैनिक चार सय ५२ रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । ‘अरु बेलाभन्दा अहिले भारतीय गाडीको प्रवेश चाप बढेको छ,’ उनले भने, ‘कुन प्रयोजनको लागि हो भन्ने हामीलाई थाहा हुँदैन ।’ एक महिने प्रवेशाज्ञापत्र लिन पाइने भए पनि अधिकांश गाडीले दुई–तीन दिनको मात्र लिने गरेका उनले बताए।

राजनीतिक दलले भारतीय गाडी प्रयोग गर्नुको प्रमुख कारण गाडीभाडा सस्तो हुनु हो । प्रचार अभियानमा सक्रिय एक राजनीतिक दलका नेताका अनुसार भारतीय गाडीले दैनिक एक हजार पाँच सयदेखि दुई हजार भारुसम्म भाडा लिन्छन् । नेपाली गाडीले भने दैनिक चार हजारदेखि चार हजार पाँच सय रुपैयाँसम्म लिने गरेका छन् । ‘कार्यकर्तालाई रिक्सामा बस  भन्न भएन, नेपाली गाडीको भाडा छोइसक्नु छैन,’ ती नेताले भने, ‘सस्तो मुल्यमा भनेको बेला भनेजस्तो गाडी पाइने भएपछि प्रयोग गरिरहेका छौं।’

सुरक्षा चासो

निर्वाचनजस्तो संवेदनशील समयमा भारतीय गाडीको अधिक प्रयोग भएपछि यसले चुनावी सुरक्षामा प्रश्न उब्जाएको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ विदेशी नम्बर प्लेटका गाडीको बढ्दो प्रयोग सुरक्षासँग जोडिए पनि प्रहरी–प्रशासन चनाखो रहेको बताउँछन् । उनका अनुसार चुनावलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि रुपैडिया नाका बन्द गर्ने निर्णय भएको छ ।

-नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो