Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सीमा नाका बहत्तर घन्टाका लागि बन्द

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १२, झापा । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि आजदेखि बन्द भएका छन् ।

काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाका बन्द गरिएका हुन् । जिल्लाको पूर्वी र दक्षिण क्षेत्रअन्तर्गत ११८ किमी क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

यसैबीच निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा ओसारपसारमा समेत निषेध गरिएको छ । असार १४ गते मतदानका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधन चलाउन नपाइने प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । रासस