१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविलाई छुटाइदिनुपर्‍यो भन्दै बालुवाटार पुगेका रास्वपा नेतालाई ओलीले भने- जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?

१४ कार्तिक २०८१, बुधबार १२:२१

काठमाडौँ | सहकारी ठगी र संगठित अपराध आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई छुटाउन रास्वपा नेताहरूको दौडधूप जारी छ। रास्वपाका नेताहरूले गृहमन्त्री र प्रधानमन्त्रीसँग भेट गर्दै लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सहयोग गर्न आग्रह गरेका छन्।

सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेका रास्वपा उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले लामिछानेलाई हिरासतमुक्त गरेर अनुसन्धान गर्न सकेमा सरकारलाई निशर्त सहयोग गर्ने बाचा गरे। त्यसपछि उनीहरू राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँग भेटका क्रममा अर्याल र परियारले, “तपाईंले नै उपप्रधान तथा गृहमन्त्री बनाएको व्यक्ति अहिले हिरासतमा हुनुहुन्छ। उहाँको कमजोरी भए पनि ठूलो गल्ती देखिँदैन। हिरासतमुक्त गर्नुभयो भने रास्वपाले तपाईंको सरकारलाई नि:शर्त सहयोग गर्नेछ,” भन्दै लामिछानेको सन्देश सुनाए।

जवाफमा प्रधानमन्त्री ओलीले अदालती प्रक्रिया सुरु भइसकेकाले आफूले केही गर्न नसक्ने बताए ।

रास्वपाका नेताप्रति रिसाएका ओलीले ‘सरकार मर्यो भनेर जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?’ भनेर ब्यंग्यात्मक टिप्पणी गरेका थिए । कात्तिक २ गते पक्राउ पर्नुअघि लामिछानेले सरकार मरेको भन्दै देशरभर सरकारविरुद्ध आन्दोलनमा उत्रिन नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान गरेका थिए । त्यस्तै कास्की जिल्ला दलातको प्रांगणबाट लामिछानेले ओली सरकार सबैभन्त्दा भ्रष्ट रहेको बताउँदै यो सरकार रहुन्जेल जनताले सुख नपाउने बताए ।

रास्वपाका कार्यकर्ताले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकात्मक शव बनाइ दाहसंस्कार नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना स्यालको आक्रमणबाट १३ जना घाइते, २ जनालाई काठमाडौँ ल्याईयो पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते साफ च्याम्पियनसिप फाईनल: प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकको घोषणा आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, कुन टिममा जोडिए कुन विदेशी खेलाडी? नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने भाइटीकाका दिन पनि केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन प्रचण्डप्रति बाबुरामको अर्को कटाक्ष, ‘माओवादी’को नाम फेरेर ‘प्रचण्डपन्थी’ राख्न सुझाव आज बुधबार तोलामा २२ सयले बढ्दै सुनको मुल्यमा फेरी नयाँ कीर्तिमान! नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’ (भिडियो हेर्नुहोस्) कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’