असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटार"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तलीलाई बलात्कार गरी हत्या गर्ने युवक पाँच बर्षपछि पक्राउ

१२ असार २०७४, सोमबार १०:०५

असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटारका श्याम राउत रहेका छन् । राउतमाथि २०६८ माघ ५ गते सोही स्थानका १४ वर्षीया सुन्तली तामाङलाई बलात्कार गरी हत्या गरेको आरोप छ । पक्राउ राउतलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक गणेश केसीले आफू क्षेत्रीय प्रहरी प्रमुख भएपछि सो मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान गरेको बताउँदै यही असार ११ गते रुपन्देहीबाट राउतलाई पक्राउ गरेको जानकारी दिनुभयो । 

तत्कालीन समयमा प्रहरीको लापार्बाहीका कारण घटनाको अनुसन्धानमा ढिलाइ भएको स्वीकार्दै केसीले सो मुद्दालाई प्रभावित बनाउन खोज्ने प्रहरी अधिकृत सञ्जीव शर्मालाई प्रहरी सङ्गठनले थप अनुसन्धान गरी आवश्यक कारबाही गर्ने प्रष्ट पार्नुभयो । 

घटनापछि भारतका विभिन्न सहरमा बसोबास गर्दै आएका अभियुक्त राउत पक्राउ परेपछि प्रहरीसँगको प्रारम्भिक बयानमा आफू नै सो घटनाको मुख्य अभियुक्त भएको बयान दिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट