असार १३, नवलपरासी । सुरक्षा निकायले नवलपरासीमा ७० वटा मतदान स्थललाई सुरक्षा जोखिम मान्दै अति संवेदनशिल क्षेत्र तोकेको छ । 

७० वटै अति संवेदनश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, नवलपरासी । सुरक्षा निकायले नवलपरासीमा ७० वटा मतदान स्थललाई सुरक्षा जोखिम मान्दै अति संवेदनशिल क्षेत्र तोकेको छ । 

७० वटै अति संवेदनश"/>

2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका ७० मतदानकेन्द्रका लागि हेलिकप्टर तयारी अवस्थामा


असार १३, नवलपरासी । सुरक्षा निकायले नवलपरासीमा ७० वटा मतदान स्थललाई सुरक्षा जोखिम मान्दै अति संवेदनशिल क्षेत्र तोकेको छ । 

७० वटै अति संवेदनशिल मतदानकेन्द्रको सुरक्षाकालागि विषेश सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरीले अति संवेदनशिल मानिएका ति मतदान केन्द्रको भित्रि सुरक्षाकालागि प्रहरी निरिक्षक वा सईको कमाण्डमा ७ जनादेखि ११ जना प्रहरी र त्यति नै संख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । 

बाहिरी घेरमा सशस्त्र प्रहरी र सेना परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धानका घुमुवाहरुलाई एक साता अघिदेखि नै अतिसंवेदनशिल क्षेत्रमा खटाइएको छ । मतदानकेन्द्रबाट केही टाढा सेनालाई राखिएको छ । अति संवेदनशिल क्षेत्रमा गत शनिबारबाट २४ सै घण्टा गस्ति बढाइएको प्रहरीको भनाई छ । 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अति संवेदनशिल क्षेत्रकालागि आवश्यक परेमा हेलिकप्टरबाट गस्ति गर्ने र विषेश सुरक्षाकर्मी झार्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले सुरक्षाकर्मीको विषेश टोलीसहितको हेलीकप्टर बुटवलमा तैयारी अवस्थामा राखिएको र आवश्यक पर्दा परिचालन गर्न सकिने जानकारी दिए । 

उनले निर्वाचनमा मतदाता सुरक्षाकालागि सेनाको बख्तरबन्द गाडी र सशस्त्र र प्रहरीको फरक फरक मोवाइल गस्ती नियमित रहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारीका अनुसार ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा रहेका २ सय ४० मतदान केन्द्रकालागि करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

आइतबार सुनवलमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरेर ७ जना घाइते हुने गरी बम बिस्फोट गराइएपछि नवलपरासीमा विषेश सुरक्षा व्यवस्था मिलाउन परेको प्रहरीको भनाई छ । 

निर्वाचनकालागि नवलपरासीका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा अति संवेदनशिल केन्द्रमा सदरमुकाम रामग्राम नगरपालिकाकै दक्षिणी भेगका मतदानकेन्द्र समेत रहेका छन् । सदरमुकाम बाहेक सुस्ता, प्रतापपुर, पाल्हीनन्दन गाउँपालिकाका मतदानकेन्द्रलाई अतिसंवेदनशिल मानिएको छ । खासगरी मधेस प्रभावित क्षेत्रका मतदानकेन्द्रलाई सुरक्षा निकायले अति संवेदनशिल क्षेत्र मानेको छ ।   

त्यस्तै सुरक्षाको दृष्टिले संवेदनशिल २७ र सामान्य अवस्थाका २३ मतदानकेन्द्र रहेका छन् । नवलपरासीका १२० स्थानमा २४० मतदानकेन्द्र रहेको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो