असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा काम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा काम "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलंकी चोकको अत्याधुनिक अन्डरपास झन्डै ७०% काम सकियो (फोटो फिचर)

२०७४, १३ असार मंगलवार ०६:३६


अनिल अधिकारी | असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा बोर्ड पाइलको काम लगभग सकीईसकेको छ । 

कलंकीमा निर्माणाधीन यो योजना अनुसार सडकको बीच भागमा अत्याधुनिक पुल निर्माण भईसकेको छ भने अहिले अन्डरपासको दक्षिण पट्टिको सडक खोतल्ने काम सुरु भईसकेको छ । त्यस्तै स्वयम्भु तर्फको दायाँपट्टिको सडकमा अन्डरपासको बोर्ड पाइलको काम सुरु गरिएको छ । अब एकापट्टीको बोर्ड पाइलको काम सम्पन्न भए लगत्तै योजना अनुसारको संरचना देखिनेछ । 


कलंकीको यो योजना निर्माणका कारण अहिले दैनिक जामको समस्या छ भने निर्माण पुरा भईसकेपछी बर्षौंदेखिको जाम अन्त्य हुनेछ । सडक प्रयोगकर्ताले अबको एक बर्षभित्रै कलंकी चोकको यो योजना निर्माणबाट सहजता महसुस गर्न पाउने छन् ।

चीन सरकारले कलंकी चोकमा बनाउन लागेको क्रस रोडको काम सकेसम्म छिटो सम्पन्न गर्ने योजना छ । योजना अनुरुप कालीमाटीतर्फबाट थानकोटतिर जाने सडकमा पुल निर्माण सम्पन्न भई अहिले सो पुलबाट सवारीहरु पास गराउन थालिएको छ भने सोमबारदेखि दक्षिण तर्फको पुल मुनि अन्डरपासको लागि माटोहरु खोतल्ने काम सुरु भएको छ ।


त्यस्तै सीतापाइलाबाट बल्खु जाने सडक चोकबाट चार सय मिटर वारपार ‘अन्डरपास' बन्नेछ । चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ । 

योजना पछी यस्तो बन्छ कलंकी चोक:- 

अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ । कलंकी चोकबाट बल्खु जानेतर्फ चार सयवटा बोर्ड पाइल गर्ने काम लगभग अन्तिम चरणमा छ भने सितापाइला तर्फ एकापट्टिको बोर्ड पाइलको काम पनि बन्ने चरणमै छ भने अर्कोतर्फको बोर्ड पाइलको काम सुरु गर्न लागिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल