असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा काम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा काम "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलंकी चोकको अत्याधुनिक अन्डरपास झन्डै ७०% काम सकियो (फोटो फिचर)

१३ असार २०७४, मंगलवार ०६:३६


अनिल अधिकारी | असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा बोर्ड पाइलको काम लगभग सकीईसकेको छ । 

कलंकीमा निर्माणाधीन यो योजना अनुसार सडकको बीच भागमा अत्याधुनिक पुल निर्माण भईसकेको छ भने अहिले अन्डरपासको दक्षिण पट्टिको सडक खोतल्ने काम सुरु भईसकेको छ । त्यस्तै स्वयम्भु तर्फको दायाँपट्टिको सडकमा अन्डरपासको बोर्ड पाइलको काम सुरु गरिएको छ । अब एकापट्टीको बोर्ड पाइलको काम सम्पन्न भए लगत्तै योजना अनुसारको संरचना देखिनेछ । 


कलंकीको यो योजना निर्माणका कारण अहिले दैनिक जामको समस्या छ भने निर्माण पुरा भईसकेपछी बर्षौंदेखिको जाम अन्त्य हुनेछ । सडक प्रयोगकर्ताले अबको एक बर्षभित्रै कलंकी चोकको यो योजना निर्माणबाट सहजता महसुस गर्न पाउने छन् ।

चीन सरकारले कलंकी चोकमा बनाउन लागेको क्रस रोडको काम सकेसम्म छिटो सम्पन्न गर्ने योजना छ । योजना अनुरुप कालीमाटीतर्फबाट थानकोटतिर जाने सडकमा पुल निर्माण सम्पन्न भई अहिले सो पुलबाट सवारीहरु पास गराउन थालिएको छ भने सोमबारदेखि दक्षिण तर्फको पुल मुनि अन्डरपासको लागि माटोहरु खोतल्ने काम सुरु भएको छ ।


त्यस्तै सीतापाइलाबाट बल्खु जाने सडक चोकबाट चार सय मिटर वारपार ‘अन्डरपास' बन्नेछ । चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ । 

योजना पछी यस्तो बन्छ कलंकी चोक:- 

अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ । कलंकी चोकबाट बल्खु जानेतर्फ चार सयवटा बोर्ड पाइल गर्ने काम लगभग अन्तिम चरणमा छ भने सितापाइला तर्फ एकापट्टिको बोर्ड पाइलको काम पनि बन्ने चरणमै छ भने अर्कोतर्फको बोर्ड पाइलको काम सुरु गर्न लागिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट