२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामामा दुई सय बीस पर्यवेक्षक खटिए

२०७४, १३ असार मंगलवार ०८:२४

असार १३, इलाम । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा २२० पर्यवेक्षक खटिएका छन् । 

मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २६ वटा संस्थाले अनुमति लिएका छन् । अनुमति लिएका संस्थामार्फत पर्यवेक्षक निर्वाचनमा खटिएका हुन् । 

निर्वाचन पर्यवेक्षण गर्नका लागि धेरै संस्थाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये पाँच संस्थाले जिल्लामा एक÷एकजनाका दरले मात्रै पर्यवेक्षक खटाएका छन् । निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि पर्यवेक्षक परिचालन गरिन्छ । 

राष्ट्रिय युवा महासङ्घ, नेफिनले आठ जना, बहिर्गमित पूर्वलडाकु नेपालले २६ जना, सङ्कल्प शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले २३ जना, नेपाल मानवअधिकार सङ्गठनलले ३१ जना तथा प्रजातान्त्रिक विचार समाजले नौजना पर्यवेक्षक परिचालन गरेको बताइएको छ । 

निर्वाचनको तयारी पूरा 

बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चार नगरपालिका र छ गाउँपालिकामा एक लाख ८९ हजार २७४ मतदाता रहेका छन् । जिल्लाका १४४ मतदानस्थलका २४९ मतदान केन्द्रमा दुई हजार २५५ कर्मचारी निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो । 

निर्वाचन सुरक्षाका लागि एक हजार ८०० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी र ६०० नेपाली सेना परिचालन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै