१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति गर्‍यो ग्रस कलेक्सन?

२० कार्तिक २०८१, मंगलवार १७:३१

काठमाडौं | तिहारको लक्ष्मीपूजामा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले आक्रामक व्यापार गर्दैछ। वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार फिल्मको पाँच दिनको ग्रस कलेक्सन सार्वजनिक गर्दै जानकारी दिएको छ।

सोमबारसम्म फिल्मले ४ करोड ८७ लाख रूपैयाँको ग्रस कमाइ गरेको छ। प्रारम्भिक दिनमा दर्शकको चाप कम रहे पनि फिल्मले शनिबारदेखि राम्रो ग्रोथ देखाएको छ। यसको व्यवसायमा बलियो ‘वर्ड अफ माउथ’ ले ठूलो योगदान पुर्याएको छ।

फिल्म हेर्नको लागि दर्शकको चाप बढेसँगै शोहरूको संख्या पनि वृद्धि गरिएको छ। गन्धर्व समुदायको कथामा आधारित यो फिल्ममा विजय बराल प्रमुख भूमिकामा छन्। यसका साथै प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, र स्वयंम केसीजस्ता चर्चित कलाकारहरूको अभिनय छ।

‘पूर्ण बहादुरको सारंगी’ लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ, जसले यसको लोकप्रियता र व्यापारमा थप वृद्धि गर्न मद्दत गरेको छ। फिल्मको कथा र प्रदर्शनले दर्शकहरूलाई आकर्षित गरिरहेको छ, र यसले तिहारको चाडमा ठूलो प्रभाव छोड्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार