१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्?

२१ कार्तिक २०८१, बुधबार १७:१४

काठमाडौँ | नेपाली फिल्म उद्योगको व्यवसायमा सन्देह गर्नेहरूको मुख बन्द हुनेगरी यस वर्षको दसैंमा रिलिज भएका चारवटा फिल्मले उल्लेखनीय कमाइ गरेका छन्। दसैंको फूलपातीमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’, तथा लक्ष्मी पूजामा रिलिज भएको ‘पूर्ण बहादुरको सारंगी’ ले ठूलो संख्यामा दर्शक आकर्षित गरेका छन्।

फूलपातीमा रिलिज तीन फिल्मको कमाइ: फूलपातीमा रिलिज भएका तीन फिल्मले हालसम्म करिब ४८ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको अनुमान छ। ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ ले अझै प्रदर्शन जारी राखेका छन् भने ‘ज्वाइँ साब’ हलबाट उत्रिएको छ।

‘१२ गाउँ’ लाई अभिनेता तथा निर्देशक विराज भट्टले निर्माण गरेका हुन्। यो फिल्मले २३ करोडभन्दा बढीको कमाइ गरेको विराज भट्ट बताउँछन्। फिल्ममा विराजसँगै उनका छोरा समीर भट्ट, न्यासी खड्का, सनिशा भट्टराई लगायतका कलाकारको अभिनय छ।

‘छक्का पन्जा ५’ ले २० करोडभन्दा बढीको कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले जनाएका छन्। दीपाश्री निरौलाद्वारा निर्देशित यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको प्रमुख भूमिका छ।

‘ज्वाइँ साब’ ले तुलनात्मक रूपमा कम, करिब सवा पाँच करोडको ग्रस कलेक्सन गरेको निर्देशक वसन्त निरौलाले बताएका छन्। यस फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकारको अभिनय छ।

फिल्महरूको कमाइ निर्माताहरू र वितरकहरूको दाबीमा आधारित छ, तर यसलाई चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टले पुष्टि गर्न बाँकी छ। बोर्डले सार्वजनिक रिपोर्ट नबनाउने परिपाटीका कारण नेपाली फिल्मको वास्तविक आम्दानीबारे सधैँ प्रश्न उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार