अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप"/>

2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो डान्स कप युएसए २०१७ मा निर्णायकमा नायिका केकी अधिकारी छनौट

अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो l 

आयोजकले बताए अनुसार एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए l निर्णायक मध्ये कै निर्णायक नायक दिलिप रायमाझी नेपालमा चलचित्रमा व्यस्त रहेकोले उनि उक्त कार्यक्रममा आउन असमर्थ भए पछि आयोजकले उनको बदलामा नायिका केकी अधिकारीलाई नियुक्त गरेको बताएको छ l 

नायिका केकी अधिकारी जुलाई को पहिलो हप्तामा अमेरिका आउने भएकी छिन् l उनि अमेरिका नेपाल बाट सोझै नआई बेलायत बाट अमेरिका आउने भएकी आयोजकले जानकारी दिएका छन् l 

कार्यक्रम को खाका अनुसार शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।

lअमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु संस्थाको मुख्य उद्देश्य रहेको छ l प्रस्तुति: विजय थापा, वाशिंगटन डीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई