२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने!

२२ कार्तिक २०८१, बिहीबार १७:०४

काठमाडौं | नेपाली र भारतीय कलाकारहरूको संयुक्त अभिनयमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको प्रमोशनका लागि चर्चित भारतीय हास्य अभिनेता ब्रह्मानन्दमसहित अन्य भारतीय कलाकारहरूको नेपाल भ्रमणको योजना रहेको छ।

फिल्मकी निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले ब्रह्मानन्दमलाई नेपाली दर्शकमाझ ल्याउन प्रयासरत रहेको जानकारी दिएकी छन्। उनले भनिन्, “ब्रह्मानन्दम सरले नेपाली दर्शकसँग प्रत्यक्ष भेट्न आउँने प्रतिवद्धता व्यक्त गर्नुभएको छ, उहाँ परिवारसहित नेपाल आउने तयारीमा हुनुहुन्छ।”

ब्रह्मानन्दम तेलुगु चलचित्रमा एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर विश्व कीर्तिमान राख्न सफल अभिनेता हुन्। उनीसँगै ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकारहरू प्रदीप रावत, सुनील वर्मा, कबीर दुहान, र मोहम्मद अलीको पनि भूमिका रहेको छ। प्रदीप रावत र सुनील वर्माले फिल्मको छायांकनका क्रममा काठमाडौँ भ्रमण गरिसकेका छन्।

फिल्ममा नेपाली कलाकारहरूमध्ये नीता ढुंगाना, हरिहर अधिकारी, रेखा थापा, विपना थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा र प्रशान्त ताम्राकारको अभिनय रहेको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन् भने कथा र पटकथा हरिहर अधिकारीले लेखेका छन्। संवाद प्रतिक पौडेलले लेखेका हुन् भने छायांकन कवीरलालले गरेका छन्।

२४ घण्टामा १० लाख भ्युजसहित ट्रेन्डिङमा उक्लिएको ट्रेलर
बुधबार सार्वजनिक भएको ‘ह्रस्व दीर्घ’ को ट्रेलरले छोटो समयमा नै दर्शकहरूको राम्रो साथ पाएको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलरले १० लाखभन्दा बढी भ्युज पाउन सफल भएको छ। ट्रेन्डिङमा समेत रहेको ट्रेलरले लभ, इमोशन र एक्सनलाई प्राथमिकता दिएको छ।

‘ह्रस्व दीर्घ’ को निर्माण बजेट करिब ६ करोड रहेको बताइएको छ। फिल्मले नेपाली र भारतीय कलाकारहरूको सहकार्यका कारण दर्शकमाझ ठूलो आकर्षण ल्याउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ