Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने!

२०८१, २२ कार्तिक बिहीबार १७:०४

काठमाडौं | नेपाली र भारतीय कलाकारहरूको संयुक्त अभिनयमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको प्रमोशनका लागि चर्चित भारतीय हास्य अभिनेता ब्रह्मानन्दमसहित अन्य भारतीय कलाकारहरूको नेपाल भ्रमणको योजना रहेको छ।

फिल्मकी निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले ब्रह्मानन्दमलाई नेपाली दर्शकमाझ ल्याउन प्रयासरत रहेको जानकारी दिएकी छन्। उनले भनिन्, “ब्रह्मानन्दम सरले नेपाली दर्शकसँग प्रत्यक्ष भेट्न आउँने प्रतिवद्धता व्यक्त गर्नुभएको छ, उहाँ परिवारसहित नेपाल आउने तयारीमा हुनुहुन्छ।”

ब्रह्मानन्दम तेलुगु चलचित्रमा एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर विश्व कीर्तिमान राख्न सफल अभिनेता हुन्। उनीसँगै ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकारहरू प्रदीप रावत, सुनील वर्मा, कबीर दुहान, र मोहम्मद अलीको पनि भूमिका रहेको छ। प्रदीप रावत र सुनील वर्माले फिल्मको छायांकनका क्रममा काठमाडौँ भ्रमण गरिसकेका छन्।

फिल्ममा नेपाली कलाकारहरूमध्ये नीता ढुंगाना, हरिहर अधिकारी, रेखा थापा, विपना थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा र प्रशान्त ताम्राकारको अभिनय रहेको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन् भने कथा र पटकथा हरिहर अधिकारीले लेखेका छन्। संवाद प्रतिक पौडेलले लेखेका हुन् भने छायांकन कवीरलालले गरेका छन्।

२४ घण्टामा १० लाख भ्युजसहित ट्रेन्डिङमा उक्लिएको ट्रेलर
बुधबार सार्वजनिक भएको ‘ह्रस्व दीर्घ’ को ट्रेलरले छोटो समयमा नै दर्शकहरूको राम्रो साथ पाएको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलरले १० लाखभन्दा बढी भ्युज पाउन सफल भएको छ। ट्रेन्डिङमा समेत रहेको ट्रेलरले लभ, इमोशन र एक्सनलाई प्राथमिकता दिएको छ।

‘ह्रस्व दीर्घ’ को निर्माण बजेट करिब ६ करोड रहेको बताइएको छ। फिल्मले नेपाली र भारतीय कलाकारहरूको सहकार्यका कारण दर्शकमाझ ठूलो आकर्षण ल्याउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश