१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

एक महिनामै ‘कबड्डी ४’ रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘१२ गाउँ’, कति कमायो?

२३ कार्तिक २०८१, शुक्रबार १३:१२

काठमाडौँ | एक्सन स्टारको उपमा पाएका नायक विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो।

यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरेको निर्माण टिमले जनाएको छ । जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’को लाइफटाइम कलेक्सनभन्दा बढी हो। यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको जनाएको थियो।

एक्सन प्रधान यो फिल्म विराजका छोरा समीर भट्टको डेब्यु फिल्म हो। एक्सन हिरोका रूपमा उदाएको भन्दै समीरले तारिफ बटुलिरहेका छन्। समिरले १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्।

फूलपातीको अवसरमा असोज २४ गते ‘१२ गाउँ’ सहित ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ रिलिज भएका थिए। विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु) लगायतको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार