असार १४ पर्वत। मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १४ पर्वत। मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । 

2026-09-16 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा धान रोपाई शुरु यस बर्षको धान दिवस हुवासमा मनाइदै

असार १४ पर्वत। मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । 

विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा     रोपाइँ हुन नसके पनि सिञ्चित र खोलानालाका आसपासमा यसै सातादेखि रोपाइँ सुरु भएको हो । मूल फुट्ने गरी वर्षा नपरेकाले जिल्लाका सबै ठाउँमा        रोपाइँ हुन सकेको छैन । उच्च पहाडी क्षेत्रका कृषकले कोदो र धान सँगसँगै     रोप्न थालेका छन् ।

जिल्लाको खौलालाकुरी, ठूलीपोखरी, कार्कीनेटा, शालिजा, देउपुर, शङ्करपोखरी, बाच्छा, होश्राङ्दी,      लुङ्खुदेउराली, देउपुर, देउराली लगायतका गाविसमा धान रोपाइँ सुरु भएको हो । खडेरी परेकै समयमा बीउ राखेका कृषकले केही दिनदेखि परेको वर्षासँगै खोलानाला पनि बढेकाले रोपाइँ गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । हालसम्म जिल्लामा विभिन्न भागमा गरी झण्डै १० प्रतिशत धान रोपाई भैसकेको बताइएको छ ।

जिल्लाका सबै ठाउँमा रोपाइँ भने मनसुन सुरु भएर मूल फुटेपछि मात्र सुरु हुने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । ूनियमित वर्षा भएमा असार दोस्रो सातादेखि सबै ठाउँमा रोपाइँ सुरु हुन्छू, उनले भने ।

पर्वत जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाहै्र महिना सिँचाइको सुविधा पुगेको ६ हजार ८०० हेक्टर जमिन रहेको छ । बाह्रैमास सिँचाइ हुने खेतमा रोपाइँका लागि समस्या नभए पनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्ने तयारीमा रहेका छन् । पर्वतमा ठूला सिँचाइ योजना निर्माण भएकाले धेरै जमिनमा बाहै्रमास सिँचाइ हुन सक्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा चार हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष पनि मनसुन ढिला भएका कारण साउनको अन्त्यमा मात्र रोपाइँ सकिएको थियो । तर पछि मनसुन सक्रिय भएकाले उत्पादनमा कुनै असर       नपरेको कार्यालयले जनाएको छ ।पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये बाहै महिना सिंचाईको सुबिधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ । पर्वतमा ठुला सिंचाई योजनाहरु निर्माण भएकाले धेरै जमिनमा बाहैूमास सिंचाई हुन सक्ने जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको छ । सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल  रहेको छ । अहिले पर्वतमा       छेमरोङ, खुमलटार, गौरीया,      गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

यस बर्षको धान दिवस हुवासमा मनाइने भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले यस बर्षको धान दिवस दक्षिण हुवासमा मनाउन लागेको बताएको छ ।

दक्षिण हुवासमा जिल्ला प्रशासन कार्यालयले आयोजना गर्न लागेको घुम्ती शिविरमा जिल्लाका सवै कार्यालयहरु सहभागी हुने भएकोले सोही अबसर पारी हुवासमानै धान दिवस मनाउने तयारी गरिएको कृषि कार्यालयले जनाएको छ । सरकारले असार १५ लाई धान दिवसका रुपमा मनाउ दै आएकोले पनि धान दिवसलाई देश भर मनाइने गरिन्छ । दिवसका दिनमा दहि चिउरा, खाने तथा असारे झ्याउरे गीतहरु गुनगुनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना