2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठनको गर्ने ओलीको तयारी, को को छन् “रेड जोन” मा?

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। ओलीले कार्यसम्पादनमा कमी देखिएका मन्त्रीहरूलाई हटाएर केही नयाँ अनुहार भित्र्याउने योजना बनाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले असार ३० मा पदभार ग्रहण गरेपछि २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। तर, मन्त्रालयहरूमा कार्यसम्पादन प्रभावकारी नभएको र नागरिक समस्याहरूमा समयमा निर्णय हुन नसकेको भन्दै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन्।

को को छन् “रेड जोन” मा?

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको “रेड जोन” मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, सहरी विकासमन्त्री प्रकाशमान सिंह, र खानेपानीमन्त्री प्रदीप यादव रहेका छन्।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल
देवेन्द्र दाहालले बाढीपहिरोको विपत्तिमा प्रभावकारी कदम नचालेको र बिग्रिएका सडक तथा पूर्वाधारहरूलाई तत्काल सुधार गर्न समन्वय गर्न नसकेको आरोप लागेको छ। “काममा सुधार गर्न सचेत गराइए पनि नतिजा देखाउन नसक्दा उनको विकल्प खोज्ने तयारी गरिएको हो,” प्रधानमन्त्री निकट स्रोतले बतायो।

पर्यटनमन्त्री बद्री पाण्डे
पर्यटनमन्त्री पाण्डेले दशैंको मुखमा निजी एयरलायन्सहरूको मनोमानी रोक्न नसकेको र पशुपति क्षेत्र विकास कोषसँगको विवाद समाधान गर्न असफल भएको आरोप लगाइएको छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सुधारका लागि पटक-पटक निर्देशन दिएका थिए।

भूमि व्यवस्था मन्त्री बलराम अधिकारी
भूमि व्यवस्था मन्त्री अधिकारीले सुकुम्बासी समस्या समाधान र नदी किनाराका मापदण्ड लागू गर्न ध्यान नदिएको र सरुवा बढुवामा मात्र केन्द्रित भएको गुनासो उठेको छ।

सहरी विकासमन्त्री प्रकाशमान सिंह
सहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि पनि कार्यक्षेत्र बाहिरका विषयहरूमा ध्यान दिएको आरोप लागेको छ। प्रमुख संरचना विकासमा ध्यान नदिएर कर्मचारीको सरुवा र बढुवामात्रै प्राथमिकतामा परेको उनको आलोचना भएको छ।

खानेपानीमन्त्री प्रदीप यादव
प्राकृत्तिक विपत्तिपछि बिग्रिएका खानेपानी स्रोतहरूमा तत्काल सुधार गर्न नसकेको आरोपमा खानेपानीमन्त्री प्रदीप यादव पनि आलोचनाको घेरामा छन्। उनको कार्यशैलीमा प्रभावकारीता नदेखिएपछि प्रधानमन्त्री ओलीले विकल्प खोज्ने संकेत दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई थप मजबुत बनाउन एक महिनाअघि नै मन्त्रीहरूलाई कार्यसम्पादन सुधार्न निर्देशन दिएका थिए। तर, सुधार नदेखिएपछि अब मन्त्री परिवर्तनको तयारी गरिएको बताइएको छ। घटिमा तीनदेखि अधिकमा पाँच मन्त्रीसम्म परिवर्तन गरिने सम्भावना रहेको स्रोतले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई