१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन झन्डै ४ करोड कमाएको ‘पूर्ण बहादुरको सारङ्गी’को आजसम्मको कमाइ कति ?

२६ कार्तिक २०८१, सोमबार १३:३१

काठमाडौँ | चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बजारमा एकपछि अर्काे रेकर्ड बनाइरहेकाे छ । उच्च शाे पाएर इतिहास रचेकाे फिल्मले एकै दिन उच्च कमाइ गरेर पनि रेकर्ड बनाएकाे छ ।

शनिबार फिल्मले घरेलु बजारबाट एकैदिन तीन करोड ८९ लाख ग्रस कलेक्सन गरेको थियाे । उक्त दिन फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएको थियाे ।

जुन नेपाली चलचित्रमा हालसम्मकै उच्च शाे र कमाइ हाे । यसअघि एकैदिनमा धेरै कमाउने नेपाली चलचित्रमा ‘कबड्डी–४’ बनेकाे थियाे । ‘कबड्डी–४’ले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो ।

हालसम्मकाे कमाइ कति ?

लक्ष्मिपूजाका दिन रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनकाे १२औं दिनमा चल्दैछ । याेबिचमा फिल्मकाे शनिबारसम्मकाे कमाइ सार्वजनिक भएकाे छ ।

फिल्म निर्माण पक्षले जनाएअनुसार प्रदर्शन भएको १० दिनकाे बिचमा घरेलु बजारबाट फिल्मले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ ।

आइतबार र साेमबार पनि उच्च शाे पाएकाे र उस्तै दर्शक पाएकाे कारण फिल्मकाे कमाइ घटेकाे छैन । साथै, फिल्मले विदेशी बजारमा पनि राम्रै कमाइ गरिरहेकाे छ ।

दर्शककाे उत्साहपूर्ण सहभागितालाई हेर्दा फिल्म केही दिनमै नयाँ रेकर्ड बनाउने सम्भावना अधिक छ ।

सरोज पौडेलले निर्देशन गरेको फिल्ममा विजय बराल र प्रकाश सपूतको मुख्य अभिनय छ । यसैगरी मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको अभिनय देख्न पाइन्छ ।

गन्धर्व समूदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबु छोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा बुनिएको छ ।
फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार