सम्राट सिंह | असार १४, बझाङ | मतदान गर्नका लागी भनेर चर्काे घाममा असिनपसिन हुदै विहान साढे आठ बजे लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाए पछि कर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह | असार १४, बझाङ | मतदान गर्नका लागी भनेर चर्काे घाममा असिनपसिन हुदै विहान साढे आठ बजे लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाए पछि कर"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ घण्टा घाममा कुराएपछि मतदान स्थगित, उम्मेदवार सहित ३ घाइते

१४ असार २०७४, बुधबार १५:३६


सम्राट सिंह | असार १४, बझाङ | मतदान गर्नका लागी भनेर चर्काे घाममा असिनपसिन हुदै विहान साढे आठ बजे लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाए पछि कर्मचारी र प्रहरीहरुलाई सराप्दै घर फर्किरहेकी थिइन । 

केही महिलाहरु आजै मतदान भैहाल्छ की भनेर मतदाताको लाइन मै थिए । उभिएर थाकेका उनिहरु विद्यालयको धुलाम्य खेल मैदान मै थच्चक बसेका थिए । ससाना बच्चाका आमाहरु छाताको ओत दिएर बच्चालाई दुध चुसाइरहेका थिए । कोही गर्मी छल्न विद्यालय बाहिर छांयामा गफिरहेका थिए । 

साढे पांच बजे तिर मतदान स्थलका कर्मचारीहरुले एक्कासी मतदान स्थगित भएको खबर सार्वजनिक गरे पछि उनिहरु निकै आक्रोसित बने । ‘विहान ९ बजे देखी लाइन मै छु । भोट हालौला र घर फर्किउला भनेर उभिदा उभिदा लखतरान भए पछि चुनाव हुदैन भनेर पठायो’ एक जना मतदाता शारदा नेपालीले भनिन ‘चुनाव नहुने भए बेलैमा खवर गरे हुने नि । यस्तो चर्काे घाममा बेकारमा दुख दिए’

एक जना अशक्तको मत वारिसले हालिदिए पछि त्यही विषयमा भएको विवादमा भएको झडपका कारण मतदान स्थगित भए पछि जयपृथ्वी नगरपालिका वडा नं २ को पाण्डु उच्च मावीका ५ सय भन्दा बढी मतदाताहरुले दिनभर चर्काे घाममा लाइन बसेर पनि मत हाल्न पाएनन । 

नेपाली काङग्रेस र एमालेका कार्यकर्ताहरु विच भएको झडपमा काङग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्का, काङग्रेस कै राजेन्द्र बहादुर विस्ट र एमाले सुरेन्द्र खड्का घाइते भए पछि रोकिएको मतदान सुचारु हुन नपाए पछि मतदाताले दुख पाएका हुन । 


झडप पछि केही बेर भागदौड हुदा मतदान स्थल खाली भए पनि पछि मतदान स्थलकै कर्मचारीले मतदान पुन सुचारु हुने भन्दै सबैलाई लाइन बस्न अनुरोध गरेका थिए । एक छिन पछि सुरु हुन्छ भन्दै लाइनमा कुराए पनि अन्तिममा मतदान स्थगित भएको एक मतदाता साविता खड्काले बताइन । उनले भनिन ‘सुरुमै स्थगित हुन्छ भनेको भए घरको काम पनि गथ्र्यौ होला । १० बजे देखी साढे ५ बजे सम्म घाममा सुकाए पछि चुनाव स्थगित गरियो । मतदातालाई दुख दिने काम मात्र भयो’

दुइवटा केन्द्र रहेको उक्त मतदान स्थलको विवाद मिलाउन त्यहां पुगेका जिल्ला निर्वाचन अधिकारी धु्रब कुमार भण्डारीले मतदान सुचारु गर्न आफुहरुले निकै प्रयास गरे पनि सर्वदलिय सहमती नजुटेका कारण मतदाताले दुख पाएको बताए । मतदान स्थगित गर्नु पर्ने कारण नभएको भए पनि दलहरु विच सहमती नभएकाले आफुहरुले स्थगित गर्नु परेको उनले बताए ।

 नेपाली काङग्रेस लगायतका दलहरुले घाइतेको उपचारको ग्यारेन्टी नभए सम्म मतदान हुन नदिने बताए पछि बाध्य भएर स्थगित गर्नु परेको मतदान अधिकृत जगत प्रशाद जोशीले बताए । त्यहां पुन मतदानको मिति तोकिने उनले बताए । 

घाइते मध्ये प्रेमबहादुर खड्का  र राजेन्द्र विस्टको जिल्ला अस्पतालमा उपचार भैरहेको र सुरेन्द्र खड्कालाई उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

फोटोमा: चर्काे घाममा मतदानको प्रतिक्षामा बसेका महिला मतदाताहरु |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु