सम्राट सिंह | असार १४, बझाङ | मतदान गर्नका लागी भनेर चर्काे घाममा असिनपसिन हुदै विहान साढे आठ बजे लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाए पछि कर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह | असार १४, बझाङ | मतदान गर्नका लागी भनेर चर्काे घाममा असिनपसिन हुदै विहान साढे आठ बजे लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाए पछि कर"/>

2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ घण्टा घाममा कुराएपछि मतदान स्थगित, उम्मेदवार सहित ३ घाइते


सम्राट सिंह | असार १४, बझाङ | मतदान गर्नका लागी भनेर चर्काे घाममा असिनपसिन हुदै विहान साढे आठ बजे लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाए पछि कर्मचारी र प्रहरीहरुलाई सराप्दै घर फर्किरहेकी थिइन । 

केही महिलाहरु आजै मतदान भैहाल्छ की भनेर मतदाताको लाइन मै थिए । उभिएर थाकेका उनिहरु विद्यालयको धुलाम्य खेल मैदान मै थच्चक बसेका थिए । ससाना बच्चाका आमाहरु छाताको ओत दिएर बच्चालाई दुध चुसाइरहेका थिए । कोही गर्मी छल्न विद्यालय बाहिर छांयामा गफिरहेका थिए । 

साढे पांच बजे तिर मतदान स्थलका कर्मचारीहरुले एक्कासी मतदान स्थगित भएको खबर सार्वजनिक गरे पछि उनिहरु निकै आक्रोसित बने । ‘विहान ९ बजे देखी लाइन मै छु । भोट हालौला र घर फर्किउला भनेर उभिदा उभिदा लखतरान भए पछि चुनाव हुदैन भनेर पठायो’ एक जना मतदाता शारदा नेपालीले भनिन ‘चुनाव नहुने भए बेलैमा खवर गरे हुने नि । यस्तो चर्काे घाममा बेकारमा दुख दिए’

एक जना अशक्तको मत वारिसले हालिदिए पछि त्यही विषयमा भएको विवादमा भएको झडपका कारण मतदान स्थगित भए पछि जयपृथ्वी नगरपालिका वडा नं २ को पाण्डु उच्च मावीका ५ सय भन्दा बढी मतदाताहरुले दिनभर चर्काे घाममा लाइन बसेर पनि मत हाल्न पाएनन । 

नेपाली काङग्रेस र एमालेका कार्यकर्ताहरु विच भएको झडपमा काङग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्का, काङग्रेस कै राजेन्द्र बहादुर विस्ट र एमाले सुरेन्द्र खड्का घाइते भए पछि रोकिएको मतदान सुचारु हुन नपाए पछि मतदाताले दुख पाएका हुन । 

झडप पछि केही बेर भागदौड हुदा मतदान स्थल खाली भए पनि पछि मतदान स्थलकै कर्मचारीले मतदान पुन सुचारु हुने भन्दै सबैलाई लाइन बस्न अनुरोध गरेका थिए । एक छिन पछि सुरु हुन्छ भन्दै लाइनमा कुराए पनि अन्तिममा मतदान स्थगित भएको एक मतदाता साविता खड्काले बताइन । उनले भनिन ‘सुरुमै स्थगित हुन्छ भनेको भए घरको काम पनि गथ्र्यौ होला । १० बजे देखी साढे ५ बजे सम्म घाममा सुकाए पछि चुनाव स्थगित गरियो । मतदातालाई दुख दिने काम मात्र भयो’

दुइवटा केन्द्र रहेको उक्त मतदान स्थलको विवाद मिलाउन त्यहां पुगेका जिल्ला निर्वाचन अधिकारी धु्रब कुमार भण्डारीले मतदान सुचारु गर्न आफुहरुले निकै प्रयास गरे पनि सर्वदलिय सहमती नजुटेका कारण मतदाताले दुख पाएको बताए । मतदान स्थगित गर्नु पर्ने कारण नभएको भए पनि दलहरु विच सहमती नभएकाले आफुहरुले स्थगित गर्नु परेको उनले बताए ।

 नेपाली काङग्रेस लगायतका दलहरुले घाइतेको उपचारको ग्यारेन्टी नभए सम्म मतदान हुन नदिने बताए पछि बाध्य भएर स्थगित गर्नु परेको मतदान अधिकृत जगत प्रशाद जोशीले बताए । त्यहां पुन मतदानको मिति तोकिने उनले बताए । 

घाइते मध्ये प्रेमबहादुर खड्का  र राजेन्द्र विस्टको जिल्ला अस्पतालमा उपचार भैरहेको र सुरेन्द्र खड्कालाई उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

फोटोमा: चर्काे घाममा मतदानको प्रतिक्षामा बसेका महिला मतदाताहरु |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई