प्रकाश बम | असार १४, डोटी | डोटीमा स्थानिय तहको दोस्रोचरण चुनावमा मतदाताले उत्साहपूर्ण मतदान गरेका छन् । 

मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले दि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असार १४, डोटी | डोटीमा स्थानिय तहको दोस्रोचरण चुनावमा मतदाताले उत्साहपूर्ण मतदान गरेका छन् । 

मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले दि"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा ७१ प्रतिशत खस्यो, मतगणना आजै देखि शुरु हुने

२०७४, १४ असार बुधबार १५:५७


प्रकाश बम | असार १४, डोटी | डोटीमा स्थानिय तहको दोस्रोचरण चुनावमा मतदाताले उत्साहपूर्ण मतदान गरेका छन् । 

मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले दिनु भएको जानकारी अनुसार डोटीमा  ७१.६४ प्रतिशत मत खसेको छ । जिल्लाका सात गाउपालिका र दुई नरगरपालिकाका १सय ५५ मतदान केन्द्रबाट ७२ हजार ३ सय एकासि जना मतदाताले मतदान गरेका गरेका छन्।  

१५ हजार १ सय ५ मतदाता रहेको दिपायल सिलगढी नगरपालीकामा ६९.०४ प्रतिशत तथा  १० हजार ४ सय ३० मतदाताले मतदान गरेका छन् । त्यस्तै ११ हजार १ सय ३ मतदाता रहेको पुर्विचौकी गाउँपालिकाबाट ७१.५१ प्रतिशत तथा  ७ हजार ९ सय ४० मतदाताले मतदान गरेका छन् । 

त्यसै गरी ११ हजार ४ सय १६ मतदाता रहेको आदर्श गाउँपालिकाबाट ७०.५० प्रतिशत  तथा ८ हजार ४९ मतदाताले मतदान गरेका छन । १० हजार १ सय ७६ मतदाता रहेको केआईसिहं गाउँपालीमा (७२.७९ प्रतिसत) ७ हजार ४ सय ८ मत खसेको छ । ७ हजार ५ सय ९९ मतदाता रहेको वडिकेदार गाउँपालिकामा (७२.५६) ५ हजार ५ सय १४ मत खसेको छ । 

त्यस्तै ८ हजार ४ सय २८ मतदाता रहेको वोगटान गाउँपालिकामा (७२.५५ प्रतिसत ) ६ हजार १ सय १५ मत खसेको छ । ८ हजार ९ सय २८ मतदाता रहेको सायल गाउँपालिकामा (७०.५९ प्रतिशत) ६ हजार ३ सय ३ मत खसेको छ । भने ११ हजार १ सय ५० मतदाता रहेको जोरायल गाउँपालिकामा (७५.०६ प्रतिसत ) मत खसेको छ । १७ हजार १ सय १६ मतदाता रहेको शिखर नगरपालिकामा (७०.९६ प्रतिशत) मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

अहिले मतपत्रका बाकसहरु आ–आफ्ना गाउपालिकामा पुर्याउने काम भैरहेको  छ । आज राति सर्बदलिय बैठक बसि ९/१० बजे सम्म दिपायल सिलगढी नगरपालीको मतगणना सुरु गर्ने तयारी भइरहेको  मुख्य निर्बाचन अधिकृतको नरनारायण पौडेलले बताए  ।

जिल्लामा  १ लाख १ हजार २१ मतदाता रहेका थिए । स्थानियतहमा ३ सय ४३ जनप्रतिनिधि चयन हुने छन् । जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपले सम्पन भएको जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै