2026-09-19 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा १५ दिनभित्र जिल्ला समन्वय समिति गठन हुने

 कैलाश खत्री/असार १६, रामेछाप । रामेछापको जिल्ला समन्वय समिति गठनबारे बिहिबार सदरमुकाम मन्थलीमा जनप्रतिनिधिहरुबिच छलफल भएको छ । 

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले छलफल बोलाएका हुन् । छलफलमा २ नगरपालिकाका प्रमुख र उपप्रमुख र ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षकाे सहभागिता रहेको थियो । 

छलफलमा जिल्ला समन्वय समिति गठनका प्रक्रियाका सवालमा कुराकानी भएको थियो । कानुनी प्रावधानमा ६ देखी ९ जना सम्मको जिल्ला समन्वय समिति बनाउनु पर्ने व्यवस्था छ । 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवाट निर्वाचित जनप्रतिनिधिहरुले ७ जना देखी ८ जना सम्मको जिल्ला समन्वय समिति गठनको प्रस्ताव राखेपनि नेकपा एमालेले अस्वीकार गरेको सुनापाती गाउँपालिकाका अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य धावा लामाले जानकारी दिए । 

माओवादी केन्द्र र काँग्रेसका जनप्रतिनिधिहरुले नोट अफ डिसेन्ट लेखेको जानकारी दिदै बहुमतको आधारमा एमाले नेत्तृत्वमा जिल्ला समन्वय समिति गठन हुने लामाको भनाई छ । 

बढिमा १५ दिनभित्र जिल्ला समन्वय समिति गठन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई