२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता?

२ मंसिर २०८१, आईतवार १२:३३

काठमाडौँ | रुवाउने कथावस्तुका कारण चर्चा कमाएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले तेस्रो साताको प्रदर्शनमा समेत देशभर हाउसफुल व्यापार गरिरहेको छ। हिजो शनिबारका शो समेत अधिकांश हलहरूमा भरिभराउ थिए। गत कात्तिक १५ गते रिलिज भएको फिल्मले १६ औँ दिनसम्ममा नेपालमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गर्दै ३० करोड ग्रस कलेक्सन गरेको छ।

निर्माता विनोद पौडेलका अनुसार यो फिल्म एकै दिनमा सर्वाधिक कमाउने नेपाली फिल्म मात्र नभएर सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्न सफल भएको छ। हाल देशभरका ३५० भन्दा बढी शोमा प्रदर्शन भइरहेको फिल्मले दर्शकहरूबाट अपार माया पाइरहेको छ।

फिल्मले ओभरसिज मार्केटमा समेत नयाँ रेकर्ड राख्न सफल भएको छ। एक हप्तामा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली फिल्मको उपाधि पाउनुका साथै विदेशी बजारमा सबैभन्दा धेरै शो पाउने नेपाली फिल्मको कीर्तिमान पनि यसले कायम गरेको छ। निर्माता पौडेलले भने, ‘हाम्रो मौलिक कथालाई नेपालसहित विश्वभर दर्शकले माया दिनुभएकोमा हामी आभारी छौँ। यो फिल्मले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय सम्भावनालाई उजागर गरेको छ।’

फिल्मको अपार सफलतापछि निर्माण टोलीले जिल्ला-जिल्ला भ्रमण थालेको छ। भ्रमणमा निर्माता, अभिनेता विजय बराल, र अभिनेत्री अञ्जना बराइलीलगायत सहभागी छन्।

तर, यसबीच केही हलहरूले गलत व्यापारिक रिपोर्ट दिएका कारण निर्माण पक्षले १९ हलमा फिल्मको शो बन्द गरेको जनाएको छ। निर्माण कम्पनी सेभेन सिस सिनेमाका अनुसार हाउसफुल शोका बावजुद हलहरूले अत्यन्तै कम ग्रस कलेक्सनको रिपोर्ट दिएका कारण फिल्मको प्रदर्शन रोक्न बाध्य भएको हो।

बन्द गरिएका हलहरूमा विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको विना हल, गोरखाको गोरखा हल, मोरङको विराटचोक हल, इनरुवाको सिवी हल, दोलखाको चरिकोट हल, नुवाकोटको त्रिशूली हल, इलामको इलाम हल, र महेन्द्रनगरको लभकुश हललगायत रहेका छन्।

निर्माण टोलीले दर्शकलाई प्राप्त मायाको कदर गर्दै फिल्मको सही व्यापारिक जानकारी सुनिश्चित गर्न यस्ता कदम चालेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने