2026-06-26 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोहलीलाई पछि पार्दै टी-२० क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने बाबर

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीलाई पछि पार्दै दोस्रो सर्वाधिक रन बनाउने खेलाडीको स्थान हासिल गरेका छन्। अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार उनले यो कीर्तिमान बनाएका हुन्।

उक्त खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो। बाबर आजमले २८ बलमा ४१ रनको योगदान दिए, जसमा चार चौका पनि समावेश थिए। पाकिस्तानले १८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रन मात्र बनाउन सक्यो।

बाबरको यो प्रदर्शनपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको कुल रन संख्या चार हजार एक सय ९२ पुगेको छ। यसअघि यो स्थान भारतका स्टार ब्याट्सम्यान विराट कोहलीको थियो, जसले चार हजार एक सय ८८ रन बनाएका थिए।

सर्वाधिक रन बनाउने सूचीमा पहिलो स्थान भने भारतका रोहित शर्माको छ। रोहितले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार दुई सय ३१ रन बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी