२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोहलीलाई पछि पार्दै टी-२० क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने बाबर

३ मंसिर २०८१, सोमबार १७:००

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीलाई पछि पार्दै दोस्रो सर्वाधिक रन बनाउने खेलाडीको स्थान हासिल गरेका छन्। अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार उनले यो कीर्तिमान बनाएका हुन्।

उक्त खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो। बाबर आजमले २८ बलमा ४१ रनको योगदान दिए, जसमा चार चौका पनि समावेश थिए। पाकिस्तानले १८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रन मात्र बनाउन सक्यो।

बाबरको यो प्रदर्शनपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको कुल रन संख्या चार हजार एक सय ९२ पुगेको छ। यसअघि यो स्थान भारतका स्टार ब्याट्सम्यान विराट कोहलीको थियो, जसले चार हजार एक सय ८८ रन बनाएका थिए।

सर्वाधिक रन बनाउने सूचीमा पहिलो स्थान भने भारतका रोहित शर्माको छ। रोहितले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार दुई सय ३१ रन बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की