पढ्न करिब 1 मिनेट लाग्छ

असार १६, नवलपरासी | नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा मुचुल्का गरिएको भन्दा १६ मत बढि पाइएपछि मतगणना स्थगित गरिएको छ ।

दलका प्रतिनिधिहरुको रोहवरमा गरिएको मुचुल्का भन्दा फरक मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । २२७१ मतको मुचुल्का तयार भएपनि २३०७ मत भेटिएपछि दलहरुले मतगणना स्थगित गर्न माग गरेका थिए । दलहरुमा माग बमोजिम शुक्रवार मतगणना स्थगित गरिएको हो ।

मतगणना स्थल बन्द गरि मतगणना बन्द गरिएको बर्दघाटमा मेयर उम्मेदवारहरले जनाएका छन् । मत कसरी बढि भयो भन्ने सन्र्दमा मतदान अधिकृतले जवाफ नदिदा सम्म मतगणना रोक्ने दलहरुको भनाई छ । यस सम्बन्धामा प्रतिक्रिया

लिनका लागि बर्दघाट नगरपालिकाका निर्वाचन अधिकृत बलराम अर्यालले अहिले आफू सोही बिषयमा बैठकमा बसेको हुनाले केही प्रतिक्रिया दिन नमिल्ने बताए ।