2026-09-19 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका १२ वटा स्थानिय तहमध्ये ७ वटा स्थानिय तहमा मत गणना सकियो

असार १७, बझाङ । बझाङका १२ वटा स्थानिय तहमध्य ७ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

बाँकी ५ वटा पालिकामा मतगणना चलिरहेको छ । अहिले छविस पाथेभेरी, केदारस्यु खप्तड छान्ना, सुर्मा र जयपृथ्वी नगरपालिकाको मतगणना जारी रहेको छ । जस अन्र्तगत ५ वटा स्थानिय तहमा ने.क.पा एमालेले विजयि हासिल गरेको छ भने २ वटा मा काग्रेसले जित हासिल गरेको छ । दुर्गा थलि, थलारा, मष्टा, वित्थडचिर, तलकोट गाउपालिकामा नेकपा एमालेले विजयि हासिल गरेको छ भने काडा गाउपालिका र बुङगल नगरपालिकामा नेपालि काँग्रेस विजयि भएको छ ।

दुर्गाथलि गाउपालिकाको प्रमुख पदमा नेकपा एमालेका प्रयागराज जोशीले १५९० र उप प्रमुखमा पार्वति देवी जप्रेल ले १५३० मत ल्यायर विजयि हुनु भएको छ ।

मष्टा गाउपालिकाको प्रमुखमा नेकपा एमालेका कर्ण बहादुर कठायत २१६२ र उप प्रमुखमा  भगवति बोहरा २१८२ मत सहित विजयि हुनु भएको छ भने नेपालि काँग्रेसका ज्ञान बहादुर बोहरा १९७१ र उप प्रमुखमा देवि सेठीले १८८२ मत प्राप्त गर्नु भएको थियो ।

काडा गाँउपालिकामा प्रमुखमा नेपालि काँग्रेसका राजेन्द्र धामी र उप प्रमुखमा कल्पना बोहरा विजयि हुनु भएको छ ।

थलारा गाउपालिकाको प्रमुख पदमा नेकपा एमालेका भुवनेश्वर उपाध्यायले २७७८ र उप प्रमुखमा गंगु देवि खडायत ले २६६३ मत ल्यायर विजयि हुनु भएको छ । उहाँका निकटम प्रतिद्धन्दी प्रमुखमा काँग्रेसका  राम खातीले २०८१ र उप प्रमुखमा  पिङकी भण्डारी २०३८ मत प्राप्त गर्नु भएको थियो ।

तलकोट गाउपालिकाको प्रमुखमा पनि नेकपा एमालेकै लाल बहादुर विष्ट २०६४  र उप प्रमुखमा धन लक्ष्मी खत्रि २०५७ मत सहित विजयि हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेपालि कााग्रेसका राजेन्द्र सिंहले २ हजार र जयकुमारी ऐडिले २०३७ मत प्राप्त गर्नु भएको छ ।

वित्थड चिर गाउपालिकाको प्रमुखमा पनि एमालेकै प्रेम बोहरा २७११ मत र उप प्रमुखमा जानकी बोहरा २८२६ मत सहित विजयि हुनु भएको छ । उहाका निकटम प्रतिद्धन्दी नेपालि काँग्रेसका धन बहादुर खडकाले २२४२ र उप प्मुख कमला जोशीले २३३० मत ल्याउनु भएको छ ।

बुङगल नगरपालिकामा प्रमुख तथा उप प्रमुखमा नेपालि काँग्रेसका धन ब विष्ट र मिना जाग्री विजयि हुनु भएको छ ।

जयपृथ्वी नगरपालिकाको वडा नं. १ र ३ को नतिजा आईसकेको छ । वडा नं. १ मा नेकपा एमालेका वडा अध्यक्षमा गगन बहादुर सिंह २४६ मत सहित बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार देविजङ बहादुर सिंहले १२१ मत ल्याएर पछि पर्नुभयो । त्यस्तै वडा नं. ३ मा नेकपा एमालेका वडाअध्यक्ष उम्मेद्वार कलक ओली  बिजयी हुनु भएको छ । -मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई