१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’

६ मंसिर २०८१, बिहीबार १३:३९

काठमाडौं | नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र नभई विदेशमा पनि उल्लेखनीय व्यापार गरिरहेको छ। अमेरिका, अस्ट्रेलिया, र मध्यपूर्वका देशहरूमा फिल्मले लोभलाग्दो कमाई गरेको छ।

निर्माताहरूले बिहीबार अस्ट्रेलिया र न्युजिल्याण्डको कमाई विवरण सार्वजनिक गरेका छन्। तेस्रो सातासम्म अस्ट्रेलियामा फिल्मले ८ लाख २१ हजार अस्ट्रेलियन डलर (करिब ७ करोड २२ लाख रुपैयाँ) ग्रस कमाई गरेको छ। यस अवधिमा ४२ हजार दर्शकले फिल्म हेरेका छन्।

निर्माता विनोद पौडेलका अनुसार, ‘पूर्णबहादुरको सारङ्गी’ अस्ट्रेलियाली बक्स अफिसमा धेरै कमाई गर्ने शीर्ष १० फिल्महरूको सूचीमा परेको छ। पहिलो सातामा शीर्ष स्थान ओगटेको यो फिल्म पछिल्लो साता शीर्ष ५ मा समावेश भएको छ। केही अस्ट्रेलियाली समाचार पोर्टलहरूले यसबारे समाचार प्रकाशित गरेका छन्।

न्युजिल्याण्डमा सोही अवधिसम्म फिल्मले ४० हजार अस्ट्रेलियन डलर (करिब ३५ लाख १९ हजार रुपैयाँ) कमाई गरेको छ। अमेरिकामा प्रदर्शनको १० दिनसम्म फिल्मले ५ लाख अमेरिकी डलर (करिब ६ करोड ७५ लाख रुपैयाँ) कमाई गरेको विवरण सार्वजनिक भइसकेको छ।

विजय बराल अभिनीत यस फिल्मले बिहीबारसम्म नेपालमा ४० करोड रुपैयाँको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ। फिल्मको यो सफलताले नेपाली सिनेमा उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार