२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’

२०८१, ६ मंसिर बिहीबार १३:३९

काठमाडौं | नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र नभई विदेशमा पनि उल्लेखनीय व्यापार गरिरहेको छ। अमेरिका, अस्ट्रेलिया, र मध्यपूर्वका देशहरूमा फिल्मले लोभलाग्दो कमाई गरेको छ।

निर्माताहरूले बिहीबार अस्ट्रेलिया र न्युजिल्याण्डको कमाई विवरण सार्वजनिक गरेका छन्। तेस्रो सातासम्म अस्ट्रेलियामा फिल्मले ८ लाख २१ हजार अस्ट्रेलियन डलर (करिब ७ करोड २२ लाख रुपैयाँ) ग्रस कमाई गरेको छ। यस अवधिमा ४२ हजार दर्शकले फिल्म हेरेका छन्।

निर्माता विनोद पौडेलका अनुसार, ‘पूर्णबहादुरको सारङ्गी’ अस्ट्रेलियाली बक्स अफिसमा धेरै कमाई गर्ने शीर्ष १० फिल्महरूको सूचीमा परेको छ। पहिलो सातामा शीर्ष स्थान ओगटेको यो फिल्म पछिल्लो साता शीर्ष ५ मा समावेश भएको छ। केही अस्ट्रेलियाली समाचार पोर्टलहरूले यसबारे समाचार प्रकाशित गरेका छन्।

न्युजिल्याण्डमा सोही अवधिसम्म फिल्मले ४० हजार अस्ट्रेलियन डलर (करिब ३५ लाख १९ हजार रुपैयाँ) कमाई गरेको छ। अमेरिकामा प्रदर्शनको १० दिनसम्म फिल्मले ५ लाख अमेरिकी डलर (करिब ६ करोड ७५ लाख रुपैयाँ) कमाई गरेको विवरण सार्वजनिक भइसकेको छ।

विजय बराल अभिनीत यस फिल्मले बिहीबारसम्म नेपालमा ४० करोड रुपैयाँको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ। फिल्मको यो सफलताले नेपाली सिनेमा उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला