असार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । 

गत २६ जेठको राति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । 

गत २६ जेठको राति"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुले १७ बर्षीय छोरी प्रयोग गरी व्यापारी श्रेष्ठको अपहरण गरेको खुलाशा, तेस्रो दिनमै हत्या

२०७४, १७ असार शनिबार ०३:१६


असार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । 

गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मात्र श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको जंगलमा फेला परेको थियो । प्रहरीले अभियुक्त पक्राउ परेको केही दिनअघिसम्म पनि श्रेष्ठको खोजीकार्य जारी रहेको बताउँदै आएको थियो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । शुक्रबार हेलिकोप्टरमार्फत श्रेष्ठको शव सल्यानबाट दाङ ल्याइएको थियो ।

१७ वर्षीया छोरीलाई प्रयोग गरी अपहरण

व्यवसायी श्रेष्ठलाई अपहरण गर्न तुल्सीपुर–६ बस्ने ४० वर्षीय टीकाराम घर्तीले आफ्नै १७ वर्षीया छोरी पूजा घर्तीलाई प्रयोग गरेको खुल्न आएको छ । पूजाले नै श्रेष्ठलाई फोन गरी सल्यानसम्म लगेको खुल्न आएको छ । तुल्सीपुरबाट दुवैजना श्रेष्ठकै बा.११च १०७१ नम्बरको कारमा सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलासम्म पुगेका थिए । त्यसपछि अपहरणमा संलग्न व्यक्तिहरूले कार तोडफोड गरी श्रेष्ठलाई पैदल हिँडाएको प्रहरीले जनाएको छ ।

अपहरणपछि श्रेष्ठलाई लगातार तीन दिन हिँडाएर सल्यान पुर्याइएको थियो । ‘लगातार हिँडाएपछि मोटो शरीर र डाइबिटिजका बिरामी श्रेष्ठ ढले, उनलाई खानासमेत दिइएन,’ दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘अपहरणकारीले श्रेष्ठको उपचार गराउन सक्ने अवस्था देखेनन्, बोकेर लैजान पनि नसक्ने र ढिला हुँदा सूचना लिक हुने डरले हत्या गरिएको खुल्न आएको छ ।’ श्रेष्ठको कार पुग्नुअगावै भारतीय नम्बर प्लेटको कारमा रहेका रणबहादुर घर्ती सो स्थानमा पुगेको र अपहरणकारीले भारतीय नागरिकलाई छाडेर घर्तीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घर्ती फरार रहनुले उनीप्रति आशंका गर्न सक्ने ठाउँ रहेको प्रहरीले बताएको छ ।

कसले गर्यो अपहरण ?

अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जंकोट–१ घर भई घोराही–४ बस्ने मनबहादुर पुन, तुल्सीपुर–६ बस्ने रुगत थापामगर, तुल्सीपुर–१२ का अविरल महतरा र घोराही–१४ नयाँ बजारकी जमा पुन छन् । यसैगरी, सल्यान झिम्पे–४ का मानबहादुर भण्डारी, तुल्सीपुर–६ की पूजा घर्तीमगर र उनका बाबु टीकाराम घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र फरार रहेकामध्ये केही जेल बसेको र आपराधिक पृष्ठभूमि भएको प्रहरी प्रमुख सिंहले बताए ।

पैसाकै लागि हत्या 

व्यवसायी श्रेष्ठको हत्या पैसाकै लागि भएको निष्कर्ष प्रहरीले निकालेको छ । तुल्सीपुरका प्रतिष्ठित व्यवसायीका रूपमा परिचित श्रेष्ठबाट मोटो रकम असुल्ने उद्देश्यले अपहरण गरिएको हुन सक्ने प्रहरी प्रमुख सिंहले बताए । हत्या गरिएपछि पनि अपहरणकारीले श्रेष्ठको परिवारसँग फोन गरेर तीन करोड रुपैयाँ फिरौती माग गरेका थिए । गत असोजमा तुल्सीपुर बसपार्कबाट श्रेष्ठको ३० लाख रुपैयाँ भारु लुटिएको थियो । श्रेष्ठले ठूलो आर्थिक कारोबार गर्दै आएकाले पैसाकै लागि उनको अपहरण गरिएको प्रहरीले बताएको छ । नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो