2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो छ सुनसरीको पछिल्लो मत परिणाम

असार १७, इटहरी । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ । 

इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ । 

नेकपा (एमाले)का प्रमुखका उम्मेदवार द्वारिकलाल चौधरीले दुई हजार चार सय ९३तथा उपप्रमुखक उम्मेदवार लक्ष्मी गौतमले दुई हजार चार सय १३ मत ल्याउनुभएको छ । इटहरी–१ मा काँग्रेसका विष्णु चौधरीको समूहले विजय प्राप्त गरिसकेको छ । 

यसैगरी धरानमा प्रमुखका उम्मेदवार तिलक राईले एक हजार आठ सय ३९ र उपप्रमुखका उम्मेदवार श्यामा रेग्मीले एक हजार आठ सय २९ मत प्राप्त गरी अग्रस्थान ओगट्नु भएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बाले एक हजार पाँच सय ६६ र उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले एक हजार छ सय ६३ मत ल्याई काँग्रेसलाई पछ्याइरहनुभएको छ । धरान–१ बाट काँग्रेसका रोशन अधिकारी र २ बाट माधवगोविन्द श्रेष्ठको समूह नै विजयी भएको छ । 

त्यस्तै दुहवी नगरपालिकामामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले दुई हजार चार सय ९८ र उपप्रमुखका उम्मेद वार सुनिता दाहाल शाहले दुई हजार चार सय ५२ मतसहित अग्रता कायम गरिरहनुभएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार विनय पोख्रेलले दुई हजार दुई सय ३४ र उपप्रमुखका उम्मेदवार चन्द्रकला विश्वासले दुई हजार चार सय ५७ मत ल्याउनुभएको छ । दुहवी –१२ बाट भने काँग्रेसका खुसीलाल चौधरीले वडाध्यक्षसहित सबै सदस्य पदमा विजय प्राप्त गर्नुभएको छ । 

त्यस्तै रामधुनी नगरपालिकामा पनि काँग्रेसका प्रमुख जयप्रकाश चौधरीले दुई हजार ७२ र उपप्रमुख विजया कटवालले एक हजार पाँच सय तथा एमालेका नन्दकुमार बस्नेतले एक हजार दुई सय ७० र उपप्रमुख सविना चौधरीले एक हजार पाँच सय २१ मत ल्याउनुभएको छ । रामधुनी नगरपालिका–१ बाट काँग्रेसका महेश चौधरीले वडाध्यक्षसहित सबै पदमा विजय प्राप्त गरिसक्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । 

बराह र इनरुवा नगरपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको सुनसरीका प्रजिअ गोपालप्रसाद गुरागाईंले जानकारी दिनुभयो । गाउँपालिकाको मतगणनाको नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेको बताइएको छ । कतिपय निर्वाचन अधिकृतले सूचना दिने कार्यमा कन्जुस्याइँ गरिरहेको प्रति गुनासो बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालयले समेत सूचना नपाएको निर्वाचन अधिकृत जानकी कर्णले गुनासो गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई