2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको गृहजिल्लाको ६ तहको परिणाम सार्वनजिक

ललित बोहरा/असार १७, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ६ स्थनीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएका छ ।

 सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसले तीन स्थानीय तहमा विजयी भएको छ भने नेकपा एमाले दुई तहमा विजय भएको छ । यस्तै नेकपा माओवादी केन्द्र एक तहमा निर्वाचित भएको छ । 

नेपाली कांग्रेसले जिल्लामा तीन वटा गाउँपालिककामा जितेको हो । एमालेले एक नगर र एक गाउँपालिका जितेको छ भने माओवादी केन्द्रले एक गाउँपालिका जितेको छ ।

कुन नगर र गाउँमा कस्ले जित्यो ?

अमरगढी नगरपालिका

अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजय भएको छ । नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।

 एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे ।

 प्रमुखमा जोशी भन्दा १२८ मत बढी मत ल्याएर ओझा विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३३९ मत प्राप्त गरिन् । उपप्रमुखमा एमालेकी संगिता भण्डारीले ३ हजार ५१७ मत प्राप्त गरी विजय भएकी छन् ।

 उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत प्राप्त गरिन् भने माओवादीका करुणाकर ओझाले ७१७ मत पाए । राप्रपा उम्मेदवार अनिता देवी थापाले १३० मत, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगरप्रमुखका उम्मेदवार अस्मि सिनालले १३ मत, राष्ट्रिय जनमोर्चाका नर बहादुर झुकालले ४० मत मधेशीजनाधिकार फोरमका उम्मेदवार नरेश जैरुले १० मत,  नेपाल दलित पार्टीका राज टमटाले ४९ मत र  स्वतन्त्र उमेदवार नरभान पार्कीले ७८ मत प्राप्त गरे।

 यसैगरि नगरउपप्रमुखमा नयाँशक्ति पार्टी नेपालका टेकराज भट्टले १६ मत, राप्रपाका राजेन्द्र भण्डारीले ४३१ मत, नेपाल दलित पार्टीका सितादेवी टमटाले १५ मत प्राप्त गरे ।

 अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । शुक्रबार बिहान घोषणा भएको मतपरिणाम अनुसार अमरगढी नगरपालिकाका वडाहरुमा एमालेले ४, ५, ७, ९, १० र ११ मा जित हासिल गरेको छ । काग्रेसले १, २, ३, ६ र ८ नम्वर वडाअध्यक्षमा जितेको छ ।

 आलिताल गाउँपालिका

आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । यो गाउँपालिकामा नेपाली काग्रेंसका वलबहादुर गुरुङ्गले २२६१ मत ल्याएर विजयी भएका छन भने उन प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले २०९८ मत ल्याए ।

 पाध्यक्षमा काग्रेंसकी ज्वाला देवी बोगटीले २२४२ मत ल्याएर विजयी भईन्, भने उनका प्रतिद्धन्द्धी माओवादीकै सुशिला खत्रीले १९९४ मत ल्याए ।

 भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला भट्ट विजयी भएकी छिन् ।

 भट्टले २००७ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी एमालेका विष्णु ठकुराठीले १८४४ मत ल्याए ।

 उपाध्यक्षमा नेपाली काग्रंसकै पदम बोहराले १८४४ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी एमालेकी कमला मालीले १४९५ मत ल्याएर पराजित भए ।

 गन्यापधुरा गाउँपालिका

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजय भएको छ । गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांगेसका उम्मेदवार विजय भएका छन् ।

 गन्याधुरा गाउँपालिकाको अध्यक्षमामा कांग्रेस नवल मल्लले ३ हजार ३६९ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्धन्दी एमालेका बिरेन्द्र मल्लले १९४६ मत ल्याए ।

 उपाध्यक्षमा कमला ठगुन्नाले ३ हजार ४०७ मत ल्याएर विजय भएकी छिन्  । उनका प्रतिद्धन्दी एमालेका कृष्णा ओझाले १८७३ मत प्राप्त गरिन् ।

 अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेका छ । गाउँपालिकाको अध्यक्षमा उमेश भट्ट ‘विकास’ विजय भएका छन् ।

 उनले २६९० मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्र तर्फबाट उम्मेदवार लोकराज भट्टले १७८० मत प्राप्त गरे ।

 उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार कलावती भाणले  २१७१ ल्याएर  विजयी भईन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार किशोर बिष्टले १८०३ मात ल्याए । कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट भट्ट र बिष्टले बागी उम्मेदवारी दिएका थिए ।

 नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । गाउँपालिकाको अध्यक्षमा कविन्द्र विष्टले दुई हजार ९६९ मत प्राप्त गरि विजय भएका छन् ।

 उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका लक्ष्मी अवस्थीले दुई हजार ७४३ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजय भएका छ ।

 कांग्रेसका उम्मेदवार डम्बरी वलीले तीन हजार ४ मत ल्याएर विजय भएकी हुन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जयन्ती बुडाऐरले  दुई २७८ मत  प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो