२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका सन्जितलाई डब्लुएमएसी वेल्समा स्वर्ण र रजत

१० मंसिर २०८१, सोमबार १७:४४

काठमाडौँ | नेपालका सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन् ।

युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत जितेका हुन् । उहाँले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जितेका हुन् । यस स्पर्धामा उहाँले २६.७ अङ्क जोडेका थिए ।

उनले ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा २६.४ स्कोर गरे । प्रतियोगितामा विश्वका चार सय ५० खेलाडीको सहभागिता रहेको थियो । नेपाल उमा कुङफु सङ्घको अध्यक्ष समेत रहनुभएका सन्जितले प्रतियोगिताको क्रममा डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससँग पनि भेट गरेका थिए ।

सन्जितको पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा सन् २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण जितेका थिए

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की