प्रज्वल पाैडेल/असार १८, रामेछाप । पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार १८, रामेछाप । पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ ।

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापका विद्यार्थीलाई एमालेले काठमाडौंमा गर्याे सम्मान

२०७४, १८ असार आईतवार ०२:३१



प्रज्वल पाैडेल/असार १८, काठमाडौँ ।
पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ ।

शनिबार राजधानीमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चद्वारा अायाेजित एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएको हाे ।
उहाँले राष्ट्रिय अावश्यकता,स्वाभिमान र देशमा परिवर्तन ल्याउन अनेरास्ववियुले महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै विद्यार्थी तथा देशलाई हित नहुने क्रियाकलापमा एमालेले सहभागी नगराउने बताउनुभयाे ।

स्थानीय तहमा एमालेलाई जनताले स्वतस्फूर्त पहिलाे बनाए जस्तै प्रदेश,संघिय प्रतिनिधि सभा जस्ता अाउँदा चुनावमा पनि जनमतद्वारा पहिलो पार्टी बनाउनुपर्ने बताउँदै एमाले पाेलिटव्युराे सदस्य समेत रहेका तुलाधरले भन्नुभयो -"समृद्ध मुलुक बनाउन एमालेकाे सरकार अावश्यक छ यसका लागि बहुमत दिएर सरकारकाे हाक्ने अवसर दिनुस् ।"


कार्यक्रममा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङ,सासंद कमला सुवेदी, नेकपा एमालेका एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, नेता अर्जुन अधिकारी, एमाले रामेछाप अध्यक्ष शान्तिप्रसाद पाैडेल लगाएत प्रदेश तथा जिल्लास्तरका नेताहरूले मन्तव्य राखेका थिए ।


उनीहरूले सक्षम विद्यार्थी राजनीतिमा अाए शैक्षिकस्तर वृद्धि गर्न सहज हुनुकाे साथै देशले चाडै फड्काे मार्ने बताएका छन् । उनीहरूले अखिलले उठाएकाे मुद्दा एमाले सरकारमा गएकाे बेला सम्बाेधन गर्ने गरिएकोले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न अनेरास्ववियुमा अावद्ध भएर लाग्न अाग्रह गरेका छन् ।

सम्पर्क मञ्चका अध्यक्ष बद्रि भण्डारीकाे सभाध्यक्षमा भएकाे साे कार्यक्रममा रामेछाप जिल्लाका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियाे ।

अघिल्लाे बर्षहरूमा एसएलसी उत्तीर्ण विद्यार्थीलाई सम्मान गरे जस्तै यस बर्षपनि देशकै उत्कृष्ट अंक प्राप्त गर्न सफल रामेछापका मनिष चाैलागाई लगाएत अन्य विद्यार्थीलाई सम्मान गरिएकाे सम्पर्क कमिटीका सचिव राकेश श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयले रामेछाप -काठमाडौं सम्पर्क मञ्चकाे सिफारिसमा अाउने विद्यार्थीलाई ५० देखि ९० प्रतिशत र सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै