2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ?

काठमाडौँ | शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद देखिएको छ । फिल्मका वितरक करण श्रेष्ठले फिल्मले तीन दिनमा १ करोड ३६ लाख कमाएको बताएका छन् । फिल्मले शुक्रबार, शनिबार र आइतबारमा यति कमाएको हो ।

फिल्मको सोमबारको व्यवसाय सार्वजनिक हुन बाँकी रहेको छ । वितरक श्रेष्ठले सोमबार पनि फिल्मले राम्रो व्यवसाय गरेका र त्यसको विवरण मंगलबार साँझ सार्वजनिक गर्ने बताए ।

‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे हुन् । फिल्मको वर्डअफ माउथका कारण मंगलबारबाट व्यवसाय अझै बढ्ने अनुमान गरिएको छ ।

शंकर घिमिरे निर्देशित फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै फिल्ममा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ ।

वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई