काठमाडौँ | साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ ।
उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ । सोहीकारण उनलाई सर्वोच्च लगिएको हो ।
यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए ।