काठमाडौँ | युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको श्रीलंकाले राम्रो सुरुआत गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर १०२ रन जोडेको छ । नेपालका लागि कप्तान हेमन्त धामी, नरेन भट्ट र सन्तोष यादवले समान एक- एक विकेट लिएका छन् ।
आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।
पहिलो खेल श्रीलंकासँग आज खेल्न लागेको नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।