असार १८, बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।
मतगणना व्यवस्थित नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएपछि गणना स्थगित गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट खन्न्याइएको मत भने गणना गरिनेछ ।
त्यसपछि मतगणना व्यवस्थित गर्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले यसका लागि कम्तिमा २ घन्टाको समय माग गरेका छन् ।