असार १८, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा एमालेले ११९ मतले माओवादी केन्द्रलाई पराजित गर्दै मेयर पद आफ्नो पक्षमा पारेको छ भने १११ मतले माओवादी केन्द्रले आफुलाई उपमेयरमा चित्त बुझाउनु परेको छ |
निकै कडा प्रतिष्पर्धाका बाबजुत एमालेका उम्मेदवार घननारायण श्रेष्ठले माओवादीका उम्मेदवार नेत्रप्रसाद आचार्यलाई ११९ मतले पराजित गरेको हो | एमालेले यहाँ ७०७४ मत पाएको थियो भने माओवादीले ६९५५ मत पाएको थियो |
त्यस्तै उप मेयर पदमा पनि उत्तिकै प्रतिष्पर्धा भएको छ | माओवादीका उम्मेदवार कृष्णा थारु आस्थाले ७०८६ मत प्राप्त गरेकी थि इन् भने एमालेकि उम्मेदवार बिना भट्टराईले ६९७५ मत प्राप्त गरेकी थिइन |