असार २०, काठमाडौं । जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परे । जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २०, काठमाडौं । जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परे । जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ अस"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न युवती पूजा घर्तीबारे प्रहरीले जुटायो नयाँ तथ्य

२० असार २०७४, मंगलवार ०७:२५


असार २०, काठमाडौं । जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परे । जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ असार १६ गते शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले हानेर मारिएको अवस्थामा फेला परे।

अपहरणको घटनामा संलग्न तुलसीपुर–१२ का २५ वर्षीय कमल उर्फ अबिरल महतरालाई प्रहरीले पक्राउ गरेपछि व्यापारी श्रेष्ठको घटनाबारे पोल खुलेको थियो। महतराले प्रहरीलाई व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरिएको बयान दिएपछि घटनाको पर्दाफास भएको हो।

त्यत्तिमात्रै होइन, महतराकै बयानका आधारमा प्रहरीले पत्ता लगायो–अपहरण र हत्याका प्रमुख योजनाकार पनि। व्यापारी श्रेष्ठको अपहरण र हत्याका मुख्य योजनाकार तुलसीपुर–६, स्याउली बजारका ४० वर्षीय निर्मल उर्फ टिकाराम घर्ती मगर रहेको प्रहरीले यसअघि नै बताइसकेको छ।

व्यापारी श्रेष्ठको अपहरण र हत्या गर्ने सम्मको काममा बाबु टिकारामको योजना अनुसार नै उनकी छोरी २० वर्षीया पूजा घर्ती मगरले तानाबाना बुनेको पनि पत्ता लागिसकेको छ (पूजाको एसएलसी सर्टिफिकेटमा उनको जन्म मिति २०५४ छ, जसअनुसार उनको उमेर अहिले २० वर्ष हुन्छ। तर यसअघि प्रहरीले पूजाको उमेर १७ वर्ष रहेको जनाएको थियो)। प्रहरीले पैसा उठाउने उद्देश्यका साथ टिकारामले आफ्नी छोरी पूजालाई प्रयोग गरेर व्यापारी श्रेष्ठको अपहरण गरेको बताएको छ।

घटनाका संलग्नमध्ये चारजना पक्राउ परेपनि मुख्य योजनाकार टिकाराम, उनकी छोरी पूजा र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारी भने फरार छन्। दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरेन्द्रप्रताप सिंह मोटो रकम असुल्ने मुख्य ध्येयले नै टिकारामले आफ्नी छोरीलाई प्रयोग गरेर व्यापारी श्रेष्ठको अपहरण गरेको र त्यसपछि हत्या गरेको बताउँछन्।

बाबु टिकारामको योजनाअनुसार व्यापारी श्रेष्ठलाई आफ्नो जालमा पारेकी २० वर्षीय पूजा हत्याको घटना सार्वजनिक भएपछि प्रहरीको ‘वान्टेड’ सूचीमा छिन्। ‘मोष्ट वान्टेड’ पूजाले व्यापारी श्रेष्ठसँग कसरी सम्बन्ध विस्तार गरिन् त्यो पनि रहस्यमय नै छ। व्यापारी श्रेष्ठ २० वर्षीया युवतीसँग कहिलेदेखि सम्पर्कमा थिए भन्ने कुरा पनि उत्तिकै रहस्यमय बनेको छ। व्यापारी श्रेष्ठलाई जालमा पारेर अपहरण गर्न मुख्य भूमिका खेलेकी पूजालाई प्रहरीले खोजिरहेको छ। तर, भेट्न सकेको छैन।

व्यापारी श्रेष्ठ र पूजाको सम्बन्धका विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। श्रेष्ठको अपहरणपछि हत्या नै भएपछि भने पहिले प्रहरीले यो घटनालाई प्राथमिकतामा राखेर फरार रहेकी पूजासँगै उनका बाबु टिकाराम र मानबहादुरलाई खोजी रहेछ।

व्यापारी श्रेष्ठलाई अपहरणको जालमा पार्ने को हुन् पूजा ?

तुलसीपुर–६ स्याउली बजारकी २० वर्षीया पूजा व्यापारी श्रेष्ठको अपहरण र हत्याका मूख्य योजनाका भनिएका टिकारामकी जेठी छोरी हुन्। टिकारामका दुई छोरी र एक छोरामध्ये जेठी छोरी पूजा निकै जिद्दि खालकी युवती रहेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीले जानकारी दिए।

२०६८ सालमा तुलसीपुरको महेन्द्र माविबाट एसएलसी पास गरेकी पूजा कक्षा ११ मा भर्ना भएपनि कलेज भने अहिलेसम्म गएकी थिइनन्। कलिलै उमेरमा दाङको कालीमाटीका एक युवकसँग बिहे गरेकी पूजा केहीसमय यता सम्बन्ध विच्छेद गरेर बाबु आमासँगै बस्दै आएकी थिइन्।

पूजा घर परिवारलाई ढाँट्ने, छलकपट गर्ने र बरालिएर हिंड्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा भेटाएको छ। ठूलो महत्वकांक्षा बोकेकी पूजा यो घटनामा बाबु टिकारामले भनेको कुरामा हिंडेको देखिएको पनि प्रहरीले जनाएको छ। प्रहरीले पूजा खराब आचरण भएकी युवती भएको पाइएको पनि बताएको छ।

तीन महिने प्लानिङपछि अपहरण

व्यापारी श्रेष्ठको अपहरण टिकारामले तीन महिनाको प्लानिङपछि गरेको खुलेको छ। यद्यपी प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताएको छ। तर, प्रहरी अनुसन्धानका क्रममा पूजाले व्यापारी श्रेष्ठसँग अपहरण हुनु डेढ महिना अघिदेखि हिमचिम बाक्लो बनाएको पाइएको छ।

‘कल डिजेल्स’ का आधारमा व्यापारी श्रेष्ठसँग करिव डेढ महिनाअघि देखि पूजा नियमित जसो फोन सम्पर्कमा रहेको देखिएको छ। अपहरण गर्दाको दिन जेठ २६ गते पूजा र व्यापारी श्रेष्ठबीच २०–२५ पटक फोनमा सम्पर्क भएको पनि तथ्य पत्ता लागेको छ।

बाबुकै योजना अनुसार व्यापारी श्रेष्ठलाई पूजाले सल्यान घुम्न जाउँ भनेर प्रस्ताव राखेकी थिइन्। पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा ११ च १०७१ नम्बरको कार लिएर निस्किएको पाइएको छ। वीरेन्द्र चोकमा कुरिरहेकी पूजालाई गाडीमा राखेर सल्यानतर्फ लागेका व्यापारी श्रेष्ठलाई बीचबाटोबाटै अपहरण गरेर जंगलतिर लगिएको थियो।

तीन करोड रुपैयाँ फिरौती दिन परिवार सहमत भएपनि जंगलमा तीन दिन राखेपछि मधुमेहका बिरामी श्रेष्ठ अचेत भएर लडेको र मुख्य योजनाकार टिकाराम आइ नपुगेपछि त्यही छोडेर हिंड्दा पछि फसिने डरले अपहरणकारीले ढुंगाले थिचेर हत्या गरेका थिए।

विदेश जाने भनेर सेनाको जागिर छोडेका थिए टिकारामले

व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनाका प्रमुख योजनाकार टिकारामले दुई वर्षअघि मात्रै नेपाली सेनाको जागिर छोडेका हुन्। २०५९ सालमा सेनामा भर्ना भएका टिकाराम १३ वर्षपछि २०७२ सालमा विदेश जाने भन्दै उपदान लिएर जागिर छोडेका थिए। प्रहरीका अनुसार सेनाको जागिर छोडेका टिकारामले जापान जान दलालीलाई १० लाख रुपैयाँ दिए।

तर, दलाली फरार भएसँगै १० लाख रुपैयाँ डुबेपछि उनले घर पेन्टिङको काम थालेका थिए। ‘घर पेन्टिङको काम गर्दा सोचे अनुसारको पैसा कमाउन नसकेपछि उनी पैसा असुलीको काममा लागेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपालखबरसँग भने।

हालसालै उनले तुलसीपुर–६, मा टिनको तीन कोठे टहरो बनाएको पाइएको छ। प्रहरीका अनुसार टिकारामले घर बनाउन लागेको खर्च र दलाललाई बुझाएको १० लाख मध्ये जम्मा ७ लाख रुपैयाँ ऋण तिर्न बाँकी देखिएको छ।

फसेको पैसा उठाउन काठमाडौं जान्छु भनेर निस्किएका थिए टिकाराम

प्रमुख योजनाकार टिकाराम व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिन अगाडि घरबाट काठमाडौं जान्छु भनेर निस्किएको पाइएको छ।

टिकारामले आफू जापान जाने भनेर दलाललाई बुझाएको १० लाख रुपैयाँ उठाउन काठमाडौं जान्छु र केही दिनमा फर्किन्छु भनेर व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिन अघि घरबाट निस्किएका थिए।

टिकारामकी श्रीमती तारा घर्तीले प्रहरी सोधपुछका क्रममा आफूलाई घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेपछि मात्रै थाहा पाएको बताएकी छिन् । यो सामग्री नेपालखबर डटकमबाट लिएका हौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली