असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धन"/>

2026-07-25 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्यो हवाई भाडा, कहाँ कति कायम भयो ? (सूचीसहित)


असार २०, काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई जानकारी दिनुभयो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको थियो । 

यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिनुभयो ।  नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २०० थियो । 

त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६७६, भैरहवाको रु पाँच हजार ९१३, धनगढीको रु १२ हजार १९ र नेपालगन्जको रु आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७००, भैरहवाको रु छ हजार, धनगढीको रु १२ हजार २०० र नेपालगन्जको रु नौ हजार ५०० थियो । 

त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७०० तिर्नुपथ्यो भने अब रु चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा रु चार हजार लाग्थ्यो । 

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान रु तीन हजार ३५३ लाग्छ । पहिला रु तीन हजार ५०० थियो । 

तुम्लिङ्टारको भाडा रु पाँच हजार ७०० बाट घटाएर रु पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८६२ कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक