Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरा एर्भेन्जर्सविरुद्ध रोहित पौडेलको अर्धशतक

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एर्भेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीबाट रोहितले ३३ बलमा ५० रन पूरा गरेका हुन् । सो क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । एनपीएलमा उनको यो पहिलो अर्धशतक पनि हो ।

जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले  १३ ओभरको समाप्तिमा १०८ रन बनाएको छ ।