धनगढी | धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी भएका छन् ।
उनलाई मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि शुक्रवार राति नै धनगढीको माया मेट्रो अस्पताल भर्ना गरेको थियो |
उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिराखीएकोमा आज भने उनलाई दिल्ली रेफर गरिएको छ ।
उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।