२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुर भर्सेस लुम्बिनी: १० औं ओभरमा दुई विकेट गुमाएर लुम्बिनीले जोड्यो ६४ रन

२०८१, २३ मंसिर आईतवार ११:३४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच त्रिवि मैदान कीर्तिपुरमा खेल भइरहेको छ । पहिलो इनिङमा ब्याटिङ गर्न गाह्रो मानिएको पिचमा जनकपुरले टस हारेपछि पहिला ब्याटिङको निम्तो पायो । सुरुवात राम्रो भए पनि मध्यक्रम फेल हुँदा जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनायो ।

लुम्बिनीले १० औं ओभरमा दुई विकेट गुमाएर ६४ रन बनाएको छ । ओपनर आषुतोश घिरैया ८ रनमा आउट भए भने अर्जुन साउद २० रन बनाएर आउट भए। कप्तान रोहित पौडेल र टम मूर्स क्रिजमा छ ।

पहिलो विकेटका लागि जनकपुरका लागि कप्तान अलि साह र आसिफ शेखले ४८ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि अनिल साह र लाहिरु मिलन्थाले ४७ रनको साझेदारी गरे । तर १२ औँ ओभरमा अनिल साह आउट भएपछि जनकपुरले लगातार विकेट गुमायो । उसले ९५ रनमा दोस्रो विकेट गुमायो भने ११० रन बनाउँदा उसको ७ विकेट गएको थियो ।

अन्तिममा शुभ कंसाकारले २२ रन बनाए । अन्तिम ओभरमा पनि जनकपुरले २ विकेट गुमाएको थियो । लुम्बिनीका लागि अभिषेश गौतमले एकै ओभरमा तीन विकेट लिए भने कप्तान रोहित पौडेलले पनि एक ओभरमा दुई विकेट लिएका थिए ।

यस्तै सादबिन जाफरले पनि दुई विकेट लिए भने रोमन सिमोन्ड्स र सन्दीप जोराले एक एक विकेट लिए । जनकपुरले यसअघि लगातार तीन जित हात पारेको छ भने लुम्बिनी तीन खेलमा पराजित भएको छ । सामान्य लक्ष्य पाएको लुम्बिनीलाई पहिलो जित निकाल्ने मौका बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार