२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुर भर्सेस लुम्बिनी: १० औं ओभरमा दुई विकेट गुमाएर लुम्बिनीले जोड्यो ६४ रन

२३ मंसिर २०८१, आईतवार ११:३४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच त्रिवि मैदान कीर्तिपुरमा खेल भइरहेको छ । पहिलो इनिङमा ब्याटिङ गर्न गाह्रो मानिएको पिचमा जनकपुरले टस हारेपछि पहिला ब्याटिङको निम्तो पायो । सुरुवात राम्रो भए पनि मध्यक्रम फेल हुँदा जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनायो ।

लुम्बिनीले १० औं ओभरमा दुई विकेट गुमाएर ६४ रन बनाएको छ । ओपनर आषुतोश घिरैया ८ रनमा आउट भए भने अर्जुन साउद २० रन बनाएर आउट भए। कप्तान रोहित पौडेल र टम मूर्स क्रिजमा छ ।

पहिलो विकेटका लागि जनकपुरका लागि कप्तान अलि साह र आसिफ शेखले ४८ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि अनिल साह र लाहिरु मिलन्थाले ४७ रनको साझेदारी गरे । तर १२ औँ ओभरमा अनिल साह आउट भएपछि जनकपुरले लगातार विकेट गुमायो । उसले ९५ रनमा दोस्रो विकेट गुमायो भने ११० रन बनाउँदा उसको ७ विकेट गएको थियो ।

अन्तिममा शुभ कंसाकारले २२ रन बनाए । अन्तिम ओभरमा पनि जनकपुरले २ विकेट गुमाएको थियो । लुम्बिनीका लागि अभिषेश गौतमले एकै ओभरमा तीन विकेट लिए भने कप्तान रोहित पौडेलले पनि एक ओभरमा दुई विकेट लिएका थिए ।

यस्तै सादबिन जाफरले पनि दुई विकेट लिए भने रोमन सिमोन्ड्स र सन्दीप जोराले एक एक विकेट लिए । जनकपुरले यसअघि लगातार तीन जित हात पारेको छ भने लुम्बिनी तीन खेलमा पराजित भएको छ । सामान्य लक्ष्य पाएको लुम्बिनीलाई पहिलो जित निकाल्ने मौका बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ