2026-10-15 02:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङको धुनीबेशीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

धादिङ | धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा १२ मंसिरमा जिल्ला अदालत धादिङले पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएकाहरूमा वडाध्यक्ष सुवेदीसँगै तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, कर्मचारी निर्मल गौतम, थाक्रे गाउँपालिका–८ का रविन्द्र तामाङ, धुनीबेशी–४ का राजु तामाङ र मदन दमाई, तथा काठमाडौंको तार्केश्वर नगरपालिका–४ की जमुना परियार छन्।

उनीहरूलाई सरकारी कागजात कीर्ते गरेर नाबालकको उमेर बढाई जग्गा बेचबिखन गरेको आरोप लागेको छ। प्रहरीले बताएअनुसार, जमुना परियारले आफ्नो छोराको जन्मदर्ता परिवर्तन गरेर नाबालकलाई साबालक देखाई करोडौं मूल्यको जग्गा बेचेकी थिइन्। यस कार्यमा वडाध्यक्ष र अन्य व्यक्तिहरूको मिलेमतो रहेको खुलासा भएको छ।

अनुसन्धानका क्रममा जग्गा बिक्रीपछि प्राप्त रकम समूहले बाँडेको पनि आशंका गरिएको छ। “यो घटनामा प्रतिवादीहरूलाई पक्राउ गरेर थप सत्यतथ्य खुल्नेछ,” अनुसन्धान अधिकारीले बताए।

पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी सम्पर्कविहीन भएका छन्। उनका मोबाइल स्विच अफ रहेकाले प्रहरीको खोजी जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने