८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङको धुनीबेशीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

२३ मंसिर २०८१, आईतवार १४:१९

धादिङ | धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा १२ मंसिरमा जिल्ला अदालत धादिङले पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएकाहरूमा वडाध्यक्ष सुवेदीसँगै तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, कर्मचारी निर्मल गौतम, थाक्रे गाउँपालिका–८ का रविन्द्र तामाङ, धुनीबेशी–४ का राजु तामाङ र मदन दमाई, तथा काठमाडौंको तार्केश्वर नगरपालिका–४ की जमुना परियार छन्।

उनीहरूलाई सरकारी कागजात कीर्ते गरेर नाबालकको उमेर बढाई जग्गा बेचबिखन गरेको आरोप लागेको छ। प्रहरीले बताएअनुसार, जमुना परियारले आफ्नो छोराको जन्मदर्ता परिवर्तन गरेर नाबालकलाई साबालक देखाई करोडौं मूल्यको जग्गा बेचेकी थिइन्। यस कार्यमा वडाध्यक्ष र अन्य व्यक्तिहरूको मिलेमतो रहेको खुलासा भएको छ।

अनुसन्धानका क्रममा जग्गा बिक्रीपछि प्राप्त रकम समूहले बाँडेको पनि आशंका गरिएको छ। “यो घटनामा प्रतिवादीहरूलाई पक्राउ गरेर थप सत्यतथ्य खुल्नेछ,” अनुसन्धान अधिकारीले बताए।

पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी सम्पर्कविहीन भएका छन्। उनका मोबाइल स्विच अफ रहेकाले प्रहरीको खोजी जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता