२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

२२ असार २०७४, बिहीबार ०६:५३

असार २२, बागलुङ । बाग्लुङको साबिक रेश गाविस अहिलेको काठेखोला गाउँपालिका–७ जिरेदीमा बिहीबार जीप दुर्घटना हुँदा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।    

ध १ ज १८८ नम्वरको जीप रेशबाट बागलुङ आउदै गर्दा जिरेदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

दुर्घटनामा गलकोट नगरपालिकाका ६ वर्षीय  दिपक कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते  ७० वर्षीय लालबहादुर कार्कीको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये ३५ वर्षीय पार्वती कार्की, २५ वर्षीय पुनम थापा र ३७ वर्षीय प्रेमबहादुर थापाको अवस्था गम्भिर रहेको छ । त्यस्तै ३५ बर्षीय मुक्तिराम थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

 घाईतेहरुको उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुवेर खापुङले बताए । साविकको रेश गाविस वडा नम्वर ९ मा भएको दुर्घटनामा जीप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य